स्मार्टफोनको सर्वाधिक रुचाइने मिड रेन्ज सिरिज, २० देखि ३० हजार रुपैयाँभित्रै पाइन्छ

बिजमाण्डू
२०८१ कात्तिक १८ गते ०६:०१ | Nov 3, 2024
स्मार्टफोनको सर्वाधिक रुचाइने मिड रेन्ज सिरिज, २० देखि ३० हजार रुपैयाँभित्रै पाइन्छ

काठमाडौं। स्मार्टफोन किन्न चाहनेहरुको सर्वाधिक रोजाइमा पर्छ मिड रेन्ज फोन। २० देखि ३० हजार रुपैयाँ मूल्य पर्ने स्मार्टफोन मिड रेन्ज क्याटागोरी भित्र पर्छन्। नेपाली बजारमा बिक्री भइरहेका मिड रेन्ज फोनअन्तर्गत सर्वाधिक मोडल सामसङले उपलब्ध गराइरहेको छ। २० देखि ३० हजार रुपैयाँसम्म सामसङका १० मोडल पाइन्छ।

Tata
GBIME
NLIC

सामसङको ग्यालेक्सी एम१४ एलटीइ यो रेन्जमा सबैभन्दा सस्तो २१ हजार रुपैयाँमा आउँछ भने ग्यालेक्सी ए१४ फाइभजीको ३० हजार रुपैयाँ पर्छ। एम१४ एलटीइ ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेजमा उपलब्ध हुने सामसङले जनाएको छ। ए१४ फाइभजी भने ८ जीबी र्‍याम र १२८ जीबी स्टोरेजमा पाइन्छ।

सामसङको ग्यालेक्सी ए०५ एस २२ हजार रुपैयाँमा पाइने कम्पनीले जनाएको छ। यो फोन ४ जीबी र्‍याम र १२८ जीबी स्टोरेजमा आउँछ। ग्यालेक्सी एम१४ फाइभजी (६/१२८ जीबी) को २३ हजार, ग्यालेक्सी ए०५एस (६/१२८ जीबी) को २४ हजार, ग्यालेक्सी एम१५ फाइभजी (६/१२८ जीबी) को २६ हजार, ग्यालेक्सी ए१४ फाइभजी (६/१२८ जीबी) को २८ हजार रुपैयाँ पर्ने सामसङले जनाएको छ।

ग्यालेक्सी ए१५ फाइभजी (६/१२८ जीबी) को पनि २८ हजार, ग्यालेक्सी ए२४ एलटीइ (६/१२८ जीबी) को २९ हजार, ग्यालेक्सी ए१५ फाइभजी (८/१२८ जीबी) र ग्यालेक्सी ए१४ फाइभजी (८/१२८ जीबी) को समान ३०/३० हजार रुपैयाँ पर्ने कम्पनीले जनाएको छ।

यस्तै, सामसङपछि इन्फिनिक्स र भिभो ब्राण्डका ४ वटा मोडल यो रेन्ज भित्र किन्न पाइन्छ। इन्फिनिक्सको नोट ३० (८/२५६ जीबी)को दाम २४ हजार रुपैयाँ तोकिएको छ। १२एक्स (८/१२८ जीबी)को २५ हजार, नोट १२ (६/१२८ जीबी)को २६ हजार र नोट ४० (८/२५६ जीबी) २८ हजार रुपैयाँमै पाइने कम्पनीले जनाएको छ।

भिभोको वाइ२७ एस (८/२५६ जीबी)को २५ हजार, वाइ२८ (८/१२८ जीबी)को २४ हजार र  ८/२५६ जीबी भेरियन्टको २६ हजार ५ सय रुपैयाँ पर्ने कम्पनीले जनाएको छ। वाइ३६ (८/१२८ जीबी)को २७ हजार रुपैयाँ पर्दा त्यही मोडलको ८/२५६ जीबी भेरियन्टको २९ हजार रुपैयाँ पर्छ।

त्यसैगरी, साओमी र रियलमी ब्राण्डका ३/३ वटा मोडल २० देखि ३० हजार रुपैयाँभित्र उपभोक्ताले खरिद गर्न सक्छन्।

साओमीले सार्वजनिक गरेको पछिल्लो मूल्यअनुसार रेड्मी १२ जुन ८ जीबी र्‍याम र २५६ जीबी स्टोरेजमा उपलब्ध छ, यसको मूल्य २१ हजार रुपैयाँ पर्छ। रेड्मी १३ फोरजी (८/२५६ जीबी) को २२ हजार रुपैयाँ पर्छ। कम्पनीले दसैंतिहार लक्षित गर्दै रेड्मी नोट १३ फोरजी   (६/१२८ जीबी) २३ हजार ५ सय रुपैयाँ र यही मोडलर ८/२५६ जीबी भेरियन्टको २६ हजार रुपैयाँ मूल्य तोकेको छ। अफर नहुँदा यो मोडलको स्मार्टफोनको मूल्य क्रमश: २५ हजार र २८ हजार रुपैयाँ पर्थ्यो।

रियलमीको नार्जो एन६५ (६/१२८ जीबी)को २२ हजार रुपैयाँ पर्ने कम्पनीले जनाएको छ। सी६७ फाइभजी (६/१२८ जीबी)को      २२ हजार नै पर्दा १२एक्स (८/१२८ जीबी)को २५ हजार रुपैयाँ पर्छ।

यस्तै, पोकोका २ वटा स्मार्टफोन यो रेन्जमा किन्न सकिन्छ। पोकोको एम३ प्रो फाइभजी मोडल जसमा ४ जीबी र्‍याम र ६४ जीबी स्टोरेज छ, यो २४ हजार रुपैयाँमा पाइने कम्पनीले जनाएको छ। यस्तै, एम५ भने दुईवटा भेरियन्टमा उपलब्ध छ। ४ जीबी र्‍याम र ६४ जीबी स्टोरेज भएको मोडल २० हजार ५ सय रुपैयाँमा आउँछ भने ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज २४ हजार रुपैयाँमा पाइने कम्पनीले जनाएको छ।