अमेरिकाले १९ वटा भारतीय कम्पनीमाथि प्रतिबन्ध लगाएको छ। गत बुधबार अमेरिकाले युक्रेनसँग युद्धमा रहेको रसियालाई सहयोग गरेको आरोपमा १९ वटा भारतीय कम्पनीमाथि प्रतिबन्ध लगाएको हो।
अमेरिकाले करिब ४०० वटा कम्पनीहरुलाई प्रतिबन्ध लगाएको छ। त्यसमा भारतीय कम्पनी र भारतीय नागरिकसमेत छन्।
अमेरिकामा शिख नेताको हत्या प्रयासमा भारतीय नागरिकको संलग्नताबारे अनुसन्धान भइरहँदा यो प्रतिबन्ध घोषणा भएको हो।
अमेरिकाले भारतसँगै चीन, मलेसिया, थाइल्याण्ड, टर्कीए, युएईसहित अन्य देशमा संचालित विभिन्न कम्पनीमाथि पनि रसियालाई सहयोग गरेको आरोपमा प्रतिबन्ध लगाएको छ।
अमेरिकाले यी कम्पनीहरुले रसियालाई उपलब्ध गराएको सामाग्री युद्धमा प्रयोग भइरहेको दाबी गरेको छ। रसियामा निर्यात हुने माइक्रो इलेक्ट्रोनिक्स र कम्पयुटर न्यूमेरिकल कन्ट्रोल प्रविधिका सामग्रीसमेत छन्।
यसअघि पनि अमेरिकाले रसियालाई युद्धमा सहयोग गरेको भन्दै कम्पनीहरुमाथि प्रतिबन्ध लगाएको थियो।