फर्स्ट माइक्रोफाइनान्सले घटायो लाभांश, लगानीकर्तालाई ९ प्रतिशत बोनस सेयर दिने

बिजमाण्डू
२०८१ कात्तिक १४ गते ११:२१ | Oct 30, 2024
फर्स्ट माइक्रोफाइनान्सले घटायो लाभांश, लगानीकर्तालाई ९ प्रतिशत बोनस सेयर दिने

काठमाडौं। फर्स्ट माइक्रोफाइनान्सले सेयरधनीलाई गत आर्थक वर्षको मुनाफाबाट ९ प्रतिशत बोनस सेयर दिने भएको छ।

Tata
GBIME

माइक्रोफाइनान्सको सञ्चालक समितिको बुधबार बिहान बसेको बैठकले ९ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनार्थ ०.४७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

११ करोड १० लाख ४४ हजार रुपैयाँ बराबरको बोनस सेयरको करमा ५८ लाख ४४ हजार रुपैयाँ खर्च हुनेछ। लघुवित्तले पोहोर १५ प्रतिशत लाभांश दिएको थियो।