
काठमाडौं। निर्जीवन बीमा कम्पनीले चालु आर्थिक वर्ष पहिलो त्रैमासमा ११ अर्ब ५७ करोड रुपैयाँ प्रिमियम आर्जन गरेका छन्।
कम्पनीहरुले यो वर्ष असोज मसान्तसम्म गरेको व्यापार पोहोर तीन महिनाको तुलनामा १०.७० प्रतिशत धेरै हो। निर्जीवन बीमा कम्पनीले पोहोर पहिलो त्रैमासमा १० अर्ब ४५ करोड रुपैयाँ प्रिमियम आर्जन गरेका थिए।
कम्पनीहरुले बीमा लेख ७.८२ प्रतिशतले वृद्धि गरेका छन्। गत वर्ष पहिलो त्रैमासमा ६ लाख ८४ हजार बीमा पोलिसी बिक्री गरेका कम्पनीले यो वर्ष ७ लाख ३७ हजार पोलिसी जारी गरेका छन्।
सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सबैभन्दा धेरै १ अर्ब ४३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ।
नेपाल बीमा प्राधिकरणका अनुसार ४ वटा इन्स्योरेन्सको व्यवसाय घटेको छ। प्रभु, हिमालयन एभरेष्ट, सानिमा जीआईसी र युनाइटेड अजोड इन्स्योरेन्सको व्यापारमा गिरावट आएको हो।
कम्पनी | २०८१/८२ को पहिलो त्रैमासको प्रिमियम आर्जन (रु लाखमा) | २०८०/८१को पहिलो त्रैमासको प्रिमियम आर्जन (रु लाखमा) | फरक % |
सगरमाथा लुम्बिनी | १४३६३.४१ | १३१७६.८८ | ९ |
सिद्धार्थ प्रिमियर | ११७१९.८५ | १०६५५.४७ | ९.९९ |
शिखर | ११२००.५९ | १०४१२.९७ | ७.५६ |
हिमालयन एभरेष्ट | ९१८७.९९ | ९४८३.११ | -३.११ |
आईजीआई प्रुडेन्सियल | ९००९.४६ | ८६१५.८५ | ४.५७ |
नेको | ८९७५.५३ | ८४०३.९५ | ६.८ |
ओरियण्टल | ८३७६.७७ | ५२५९.१८ | ५९.२८ |
एनएलजी | ७५२२.०९ | ६७५५.३३ | ११.३५ |
युनाइटेड अजोड | ६८००.९५ | ७०१८.३६ | -३.१ |
नेपाल | ६१४५.१९ | ३७५२.१३ | ६३.७८ |
सानिमा जीआईसी | ५८८९.८८ | ५९९४.६३ | -१.७५ |
राष्ट्रिय बीमा कम्पनी | ५७३९.६९ | ५५४८.६७ | ३.४४ |
प्रभु | ४७७२.३१ | ५६५८.७५ | -१५.६६ |
नेसनल | ४१७६.१२ | ३७२०.२१ | १२.२५ |