नेसनल लाइफको २० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत, चुक्ता पुँजी ५.२१ अर्ब

बिजमाण्डू
२०८१ कात्तिक २ गते १२:२४ | Oct 18, 2024
नेसनल लाइफको २० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत, चुक्ता पुँजी ५.२१ अर्ब

काठमाडौं। नेसनल लाइफ इन्स्योरेन्सको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। कम्पनीको २० लाख ४ हजार ६६६.५७ कित्ता बोनस सेयर नेप्सेमा शुक्रबार सूचीकृत भएको हो।

Tata
GBIME

कम्पनीले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई १० प्रतिशतले हुन आउने ५० करोड ११ लाख रुपैयाँ नगद र ४ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

बोनस सेयर नेप्सेमा सूचीकृतपछि कम्पनीको चुक्ता पुँजी ५ अर्ब २१ करोड २१ लाख रुपैयाँ पुगेको छ। कम्पनीले पोहोर ४० करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। इन्स्योरेन्सले गत वर्षको मुनाफाबाट भने लाभांश घोषणा गरेको छैन।

नेपाल बीमा प्राधिकरणले लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ तोकेको छ।

कम्पनीले सेयरधनीलाई २०७८/७९ मा ६.५ प्रतिशत नगद र ८ प्रतिशत बोनस सेयर, २०७७/७८ मा १५ प्रतिशत बोनस सेयर र २०७६/७७ मा १९ प्रतिशत बोनस सेयर दिएको थियो।