दशैंमा टिका थाप्न सजिलो पारिदिन काठमाडौंमा प्रहरीको बस, कुन कुन रुटमा चल्छ?

रासस
२०८१ असोज २६ गते ११:१७ | Oct 12, 2024
दशैंमा टिका थाप्न सजिलो पारिदिन काठमाडौंमा प्रहरीको  बस, कुन कुन रुटमा चल्छ?


काठमाडौं। नेपाल प्रहरीले विजयादशमीको अवसरमा काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गर्दैछ।

Tata
GBIME
NLIC

एउटा बस प्रहरी प्रधान कार्यालय नक्सालबाट छुटेर बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलङ्की, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक र जयनेपाल हल पुगी पुनः सोही रुटबाट नक्साल फिर्ता हुने बताइएको छ ।

यस्तै, अर्को बस नक्सालबाट छुटेर रातोपुल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायक, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै फेरि प्रहरी प्रधान कार्यालय नक्सालमा पुग्ने छ।

सार्वजनिक यातायातका साधनहरू कम चल्ने हुँदा सर्वसाधारणलाई आवतजावत गर्न सहज बनाउन दिनभरि रिङरोड भित्र र बाहिर गरी दुईवटा बस निःशुल्क रूपमा सञ्चालन गर्ने केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।

उनले भने, “आज टीकाको दिन सार्वजनिक यातायात निकै कम चल्छन्, जसले टीका थाप्न वा अन्य अत्यावश्यक कामका लागि आवतजावत गर्न समस्या हुन्छ । त्यसैले यो योजना अघि सारेका हौँ ।”