खाटमा ओछ्याएको डसना मुनी ५० हजारका नक्कली नोट, एक युवक समातिए

बिजमाण्डू
२०८१ असोज २४ गते ११:५१ | Oct 10, 2024
खाटमा ओछ्याएको डसना मुनी ५० हजारका नक्कली नोट, एक युवक समातिए

काठमाडौं। सुनसरी प्रहरीले नक्कली नोट सहित एक युवकलाई पक्राउ गरेको छ।

Tata
GBIME

इलाका प्रहरी कार्यालय देवानगंज र प्रहरी चौकी घुस्कीहाट सुनसरीबाट संयुक्त रुपमा खटिको टोलीले  हरिनगर गाउँपालिका वडा नम्बर ७ बस्ने ३१ वर्षीय हजरुल खातुनको घरमा नक्कली नोट फेला परेको हो। सुत्ने कोठाभित्र खाट माथि रहेको डसना मुनि एक हजार दरको ५० (पचास) थान नेपाली नक्कली नोट फेला परेको प्रहरीले जानकारी दिएको छ।

त्यस्तै लागू औषध  नाइट्रोजन ट्याब्लेट समेत भेटिएको हो। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।