
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेको छ।
आइतबार बिहान कलंकीबाट दोलखा घर भएकी ३५ वर्षीय सावित्री वली र सुरेश वलीलाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्ने उनीहरु दिदीभाइ हुन्।
स्रोत नखुलेको १५ लाख रकम बैंकमा जम्मा गर्न बोकी हिँडेको अवस्थामा सावित्रीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
उनले एक वर्षदेखि न्यूरोडमा भारतीय नागरिकको कार्यालयमा काम गर्ने गरेको बयानमा बताएकी छन्। कार्यालयमा गएर प्रहरीले अनुसन्धान गर्दा उनका भाई सुरेशको साथबाट थप स्रोत नखुलेको ४ लाख रकम फेला परेको हो।
उनीहरुसँग भेटिएको रकम हुन्डीको हुन सक्ने प्रहरीले आशंका गरेको छ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।