बुद्धको भद्रपुर-काठमाडौं उडान गरेको एउटा एटीआर-७२ किन भयो रित्तो? यस्तो छ कारण



बिजमाण्डू
२०८१ असोज १७ गते १४:४९ | Oct 3, 2024
बुद्धको भद्रपुर-काठमाडौं उडान गरेको एउटा एटीआर-७२ किन भयो रित्तो? यस्तो छ कारण

काठमाडौं। बुद्ध एयरले बुधबार साँझ यात्रुको चापका कारण काठमाडौं-भद्रपुरतर्फ थप दुईवटा उडान बढाएको घोषणा गर्‍यो।

Tata
GBIME
Zonsen

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले बिहीबारबाट त्रिभुवन विमानस्थल बिहान ४:३० बजेबाट खुला गर्ने निर्णय गरेअनुरुप बुद्धले बिहान ६:०० बजे काठमाडौं-भद्रपुर दुई वटा उडानको तयारी गरेको थियो।

बिहान ७:०० बजे र ७:१५ बजे बुद्धका जहाज भद्रपुर पुगे। तर, दुवै उडान नियमित नभइ चार्टर्ड भएको पाइएको छ। एटीआर-७२ सिरिजको जहाजमार्फत गरिएका दुईवटै चार्टर्ड उडानमा सिट क्षमता अनुसार यात्रु सवार रहेको भद्रपुर पुगेको विमानस्थल प्रमुख किशोर कुमार खत्रीले बताए।

‘काठमाडौंबाट दुईवटै जहाज फुल लोडमा आएका हुन्। बिहान ७:०० बजे र ७:१५ बजे दुई वटा जहाज आए,’ उनले भने, ‘ती जहाज काठमाडौं फर्किंदा एउटामा केही यात्रु गए र एउटा खाली नै उड्यो।’

बुद्ध एयरले भद्रपुरबाट फर्किंदा एउटा जहाजमा १० यात्रु सवार रहेको जनाएको छ। भद्रपुरमा बिहीबार बुद्धले ७ वटा र यतीले ४ वटा गरी कुल ११ वटा उडानको तालिका छ।   

बुद्धले विराटनगर र जनकपुरको तुलनामा भद्रपुरमा कुहिरो कम लाग्ने भएका कारण पूर्वतर्फका यात्रुलाई मध्यनजर गरी भद्रपुरमा उडान विस्तार गरेको जनाएको छ।