एक वर्षपछि पाए एलआइसी र एनएलजी इन्स्योरेन्सले हकप्रद निष्कासन अनुमति, कुनले कति ?

बिजमाण्डू
२०८१ असोज १५ गते ११:२१ | Oct 1, 2024
एक वर्षपछि पाए एलआइसी र एनएलजी इन्स्योरेन्सले हकप्रद निष्कासन अनुमति, कुनले कति ?

काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले दुई इन्स्योरेन्स कम्पनीलाई हकप्रद सेयर निष्कासनको स्वीकृति दिएको छ।

Tata
GBIME

सेबोनले सोमबार लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपाल र एनएलजी इन्स्योरेन्सलाई हकप्रद सेयर निष्कासनको अनुमति दिएको हो।

आवेदन दिएको एक वर्षपछि कम्पनीहरुले सेबोनबाट हकप्रद निष्कासन स्वीकृति पाएका हुन्।

एलआइसीले १: ०.८८ को अनुपातमा २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले सेबोनमा हकप्रद सेयर निष्कासन स्वीकृतिका लागि २०८० असोज २९ गते आवेदन दिएको थियो।

त्यस्तै, एनएलजी इन्स्योरेन्सले १०: ६.२५ को अनुपातमा ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँ बराबरको ९६ लाख ३१ हजार २२२ कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ।

कम्पनीले २०८० कात्तिक २ गते हकप्रद निष्कासन स्वीकृतिका लागि सेबोनमा आवेदन दिएको थियो। नेपाल बीमा प्राधिकरणले २०७८ चैतमा इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी अढाइ गुणाले वृद्धि गर्ने निर्णय गरेको थियो।

प्राधिकरणले हाल जीवन बीमाको ५ अर्ब र निर्जीवन बीमा कम्पनीलाई २.५ अर्ब रुपैयाँ चुक्ता पुँजी तोकेको छ। कम्पनीहरुले हकप्रद सेयर निष्कासन अनुमति नपाउँदा चुक्ता पुँजी बढाउन सकेका थिएनन्।