वाणिज्य बैंकहरुले आर्थिक गतिविधि सुस्त रहेपनि बढाए नाफा, कुनको कति ?



बिजमाण्डू
२०८१ भदौ ३१ गते १८:२२ | Sep 16, 2024
वाणिज्य बैंकहरुले आर्थिक गतिविधि सुस्त रहेपनि बढाए नाफा, कुनको कति ?

काठमाडौं। वाणिज्य बैंकहरुले आर्थिक गतिविधि सुस्त रहेकै अवस्थामा मुनाफा बढाएका छन्। बैंकहरुले चालु आर्थिक वर्ष पहिलो महिनामा नाफा ७.६४ प्रतिशतले बढाएका हुन्।

Tata
GBIME
Zonsen

साउनमा बैंकहरुले ९ अर्ब १७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ। पोहोर यही अवधिमा बैंकहरुको खुद नाफा ८ अर्ब ५२ करोड रुपैयाँ थियो।

आर्थिक गतिविधि सुस्त भएपनि केन्द्रीय बैंकले लिएको खुकुलो नीति र रिकभरीका कारण नाफा बढेको बैंकरहरुले बताएका छन्।

राष्ट्र बैंकले असल ऋणको धितोमा राख्नु पर्ने १.२ प्रतिशत नोक्सानी व्यवस्थापन (प्रोभिजनिङ) खर्चलाई घटाएर १.१ प्रतिशतमा झारिदिएको छ। यसले नाफा बढाउन सहयोग पुगेको हो। नियामकीय लचकतासँगै ‘रिकभरी’ मा भएको सुधारका कारण नाफामा सुधार भएको बैंकरहरुको भनाइ छ।

साउनमा १३ बैंकले नाफा बढाउँदा ७ बैंकको भने खुम्चिएको छ। यस अवधिमा कुमारी, एनआईसी एसिया, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई, नेपाल, हिमालयन र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा खुम्चिएको छ।

कृषि विकास बैंकले नाफा सबैभन्दा धेरै ११४.७३ प्रतिशतले बढाएको छ। नेपाल एसबिआई बैंकको नाफा १०७.६२ प्रतिशतले बढेको छ।

सबैभन्दा धेरै खुद नाफा कमाउनेमा ग्लोबल आइएमई बैंक छ। उसले साउनमा ९९ करोड २ लाख रुपैयाँ नाफा गरेको छ।

वाणिज्य बैंक२०८०/०८१ साउन
नाफा रु. दश लाखमा
२०८१/०८२
नाफा रु. दश लाखमा
फरक प्रतिशतमा
प्राइम कमर्सियल४२४.८३५०५.५८१९.०१
माछापुच्छ्रे१८८.६६२०२.४९७.३३
नेपाल एसबिआइ१६०.५४३३३.३११०७.६२
कुमारी५७७.१५०३.५३-१२.७५
कृषि विकास३३१.६१७१२.०८११४.७३
प्रभु२९९.८५५३८७९.४२
सानिमा२५१.९७३८२.६८५१.८८
एनएमबि३८३.१५४२७.२३११.५०
लक्ष्मी सनराइज४१५.४४३३.२६४.३०
एनआईसी एसिया३८४.६२६६.३२-३०.७५
राष्ट्रिय वाणिज्य ४४७.०३३६०.६७-१९.३२
नबिल७५५.५२८०३.३८६.३३
ग्लोबल आइएमई९९२.३९८९२.४५-१०.०७
स्ट्यान्डर्ड चार्टर्ड२५७.८२३११.५२०.८२
नेपाल ३६०.४२२२३.९९-३७.८५
एभरेष्ट३६७.६९४२२.९६१५.०३
नेपाल इन्भेष्टमेन्ट मेगा७४७.९८५७७.५६-२२.७८
सिटिजन्स२४७.६२३४२.२७३८.२२
सिद्धार्थ२९९.६३४८.८८१६.४५
हिमालयन६३१.२५८८.०५-६.८४
औसत८५२४.९८९१७६.१९७.६४
स्रोत : नेपाल राष्ट्र बैंक