सानिमा बैंकका ग्राहकलाई उडानमा सहुलियत, श्री एयरलाइन्सको टिकटमा ५०० रुपैयाँ छुट

बिजमाण्डू
२०८१ भदौ २३ गते १६:३५ | Sep 8, 2024
सानिमा बैंकका ग्राहकलाई उडानमा सहुलियत, श्री एयरलाइन्सको टिकटमा ५०० रुपैयाँ छुट


काठमाडौं। सानिमा बैंकका ग्राहकले श्री एयरलाइन्समा ५०० रुपैयाँ छुट पाउने भएका छन्। बैंकले आफ्ना ग्राहकलाई छुट उपलब्ध गराउन श्री एयरलाइन्ससँग सम्झौता गरेको छ।

Tata
GBIME
NLIC

सम्झौता अनुसार बैंकको भिसा डेबिट क्रेडिट कार्ड वा मोबाइल बैंकिङबाट भुक्तानी गर्ने ग्राहकले श्री एयरलाइन्सको टिकटमा ५०० रुपैयाँ छुट पाउनेछन्।

छुटका लागि ग्राहकले श्री एयरलाइन्सको काउन्टरबाट भुक्तानी गर्नुपर्ने बैंकले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।