इभी हाउस ब्राण्डको ह्याचब्याक नेपाल आउँदै, मूल्य २८ लाख ३८ हजार रुपैयाँ

बिजमाण्डू
२०८१ भदौ २३ गते ११:०९ | Sep 8, 2024
इभी हाउस ब्राण्डको ह्याचब्याक नेपाल आउँदै, मूल्य २८ लाख ३८ हजार रुपैयाँ

काठमाडौं। नेपाली अटो बजारमा अर्को ह्याचब्याक विद्युतीय गाडीको इन्ट्री हुने भएको छ। सरिफ ट्रेडिङ कम्पनीले इलेक्ट्रिक हाउस(इभी हाउस) ब्रान्डको उक्त गाडी नेपाली बजारमा ल्याउन लागेको हो।

Tata
GBIME

कम्पनीले सो गाडी भन्सार पास गर्न अधिकतम खुद्रा मूल्य २८ लाख ३८ हजार २७८ रुपैयाँ तोकेको छ। यसमा ३५ किलोवाट क्षमताको मोटर उपलब्ध छ। गाडीमा ३२.५६ किलोवाट आवर(युनिट) क्षमताको ब्याट्री राखिएको छ। यसले एक पटकको फुल चार्जमा ३०२ किलोमिटरको दुरी पार गर्न सक्ने कम्पनीको दावी छ।

यो गाडी ३.७ मिटर लम्बाइको ५ डोर फोर सिटर हो। यसमा ह्वीलबेस २.५ मिटर र १५ इन्चको डिअल टोन एलोय ह्वील छ। १० इन्चको सेन्ट्रल कन्ट्रोल स्क्रिन र ७ इन्चको एलसीडी इन्स्ट्रुमेन्ट प्यानेल छ।