अनलाइन सपिङको नाममा बढ्दो अपराध, तीन वर्षमा साढे ८ करोड रुपैयाँको ठगी



बिजमाण्डू
२०८१ भदौ २१ गते १०:११ | Sep 6, 2024
अनलाइन सपिङको नाममा बढ्दो अपराध, तीन वर्षमा साढे ८ करोड रुपैयाँको ठगी

काठमाडौं। प्रविधिको विकाससँगै अनलाइन सपिङको ट्रे्न्ड पनि बढ्दो छ। सुविधा थपिएसँगै यसबाट ठगी गर्ने कार्य पनि बढ्दै गएको छ।

Tata
GBIME
Zonsen

अनलाइनबाट सामान अर्डर गर्दा रकम लिएर सामान नै नपठाउने तथा अन्य विविध बहानामा ठगी हुने थरेको उजुरी प्रहरी कहाँ आउने गरेको छ।

तथ्यांक अनुसार पछिल्लो ३ वर्षको अवधिमा प्रहरीमा दर्ता भएका मुद्दाको संख्या अनुसार ८ करोड ४६ लाख ६१ हजार २९१ रुपैयाँको ठगी भएको देखिएको छ।

प्रहरी प्रधान कार्यालय नक्सालको अनुसार आर्थिक वर्ष २०८०/८१ मा ९७ लाख ६६ हजार ८५४ रुपैयाँ रकम अनलाइन सपिङको नाममा ठगी भएको देखिन्छ। सो वर्ष प्रहरीले अनुसन्धानपछि अदातलमा ४० वटा मुद्दा दर्ता गरेको थियो। त्यसक्रममा १६ जना पुरुष र ४ जना महिला पक्राउ परेका छन्।

त्यस्तै, आर्थिक वर्ष २०७९/८० मा ७ करोड २६ लाख रुपैयाँको ठगी भएको देखिएको छ। ठगी संलग्न २४३ जना पुरुष र ९० जना महिलालाई प्रहरीले पक्राउ गरेको छ।

यस्तै, आर्थिक वर्ष २०७८/७९ मा भने ८ वटा मुद्दा दर्ता हुँदा २२ लाख ९४ हजार १६० रुपैयाँ ठगी भएको छ। सो वर्ष ४९ जना पुरुष र १८ जना महिला पक्राउ परेका थिए।