तीजको अवसरमा कुमारी बैंकको क्यास ब्याक योजना, रेमिट्यान्सका लागि खोलिएका खातावालाले पाउने



बिजमाण्डू
२०८१ भदौ २० गते १०:५१ | Sep 5, 2024
तीजको अवसरमा कुमारी बैंकको क्यास ब्याक योजना, रेमिट्यान्सका लागि खोलिएका खातावालाले पाउने

काठमाडौं । कुमारी बैंक लिमिटेडले हरितालिका तीजलाई लक्षित गर्दै आफ्नो बैंकमा रेमिट्यान्स प्राप्त हुने गरि खोलिएका महिला खातावालालाई ‘क्यास ब्याक’ योजना घोषणा गरेको छ।

Tata
GBIME
Zonsen

कुमारी बैंकले विदेशबाट रेमिट्यान्स प्राप्त हुने गरि खोलिएका महिला लाभग्राहीका खाताहरुबाट डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङमार्फत रकम भुक्तानी गर्दा १०० रुपैयाँ क्यास ब्याब दिने योजन ल्याएको हो।

यो योजना भाद्र २० देखि २६ गते सम्म प्रत्येक दिन २५ सेवाग्राही प्राप्त गर्नेछन्। यो योजनाबाट सेवाग्राहीहरुको विद्यूतिय भुक्तानी प्रयोगमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ।