तीव्र विश्वव्यापीकरण भइरहेको विश्वमा यसअघि कहिल्यै कल्पना नगरिएको स्वरुपमा कूटनीति कलाको विकास भइरहेको छ। प्रभावको शान्त शक्तिका रुपमा लिइने ‘सफ्ट पावर’ अर्थात सौम्य शक्ति पहिलेभन्दा अझ बढी महत्त्वपूर्ण रूपमा उजागर हुँदै आएको छ।
विश्व राजनीतिमा कुनै पनि देशले सफलता हासिल गर्ने माध्यमका रुपमा उसको सफ्ट पावरलाई लिइन्छ। आश्चर्य मान्नु नपर्नेगरी अबको विश्वमा सफ्ट पावर प्रभावको मुख्य कडी बनेको छ-‘व्यक्तिगत सम्बन्ध।’ सफ्ट पावरलाई प्रवर्धन गर्ने गरी यी सम्बन्धहरु विभिन्न माध्यमबाट स्थापित भइरहेका छन्।
सफ्ट पावरको प्रवर्धनका लागि डिजिटल माध्यम, साँस्कृतिक आदानप्रदान तथा ऐतिहासिक बिरासतमार्फत कुनै पनि देशले विविध अवधारणाहरुको विकास तथा विश्वासको वातावरण निर्माण गरिरहेको छ र यो नै सफ्ट पावर हासिल गर्ने प्रमुख औजार भएको तथ्यलाई विविध अध्ययनहरुले पनि स्थापित गरिदिएका छन्।
सामाजिक सञ्जालको उदयपछि देशहरुले समग्र विश्वसँग गर्ने संवादको तरिका नै बदलिएको छ। एक्स (ट्वीटर), फेसबुक र इन्स्टाग्राम कुनै पनि देशले विश्वका तमाम दर्शकसँग प्रत्यक्ष संवाद गर्ने अत्यावश्यक औजार बनेका छन्।
यही शैलीको रुपान्तरण कूटनीतिमा पनि प्रयोग गरिएको छ जसलाई डिजिटल कूटनीति भनिन्छ। यसले देशहरुलाई विश्वका जो कोही व्यक्तिसँग पनि व्यक्तिगत रुपमै निकटता कायम गर्न, सान्दर्भिकता बढाउन तथा ‘रियल टाइम’ अन्तरसंवाद गर्नका लागि अवसर दिन्छ, जुन परम्परागत कूटनीतिक अभ्यासमा अभाव देखिने गरेको थियो।
डिजिटल अवधारणाले अन्तर्राष्ट्रिय सम्बन्धहरुलाई कसरी रुपान्तरण गर्दैछ भन्नेबारे सन् २०२१ मा एक अध्ययन भएको थियो जसले डिजिटल अवधारणाले देशले देशसँग मात्र नभई देशले प्रत्येक व्यक्तिसँग विश्वास र निकटता स्थापित गर्न सक्ने देखाएको छ। र यसबाट व्यक्ति-व्यक्तिबीच साझा अनुभव आदानप्रदान गर्न सक्ने माध्यम स्थापित हुने पनि अध्ययनको निष्कर्ष छ।
‘डिजिटल इन्डिया’ क्याम्पेनमार्फत भारतीय विदेश मन्त्रालयले बृहत् भारतीय डायस्पोरामा आफ्नो सांस्कृतिक सम्पदालाई प्रवर्धन तथा विस्तार गर्दै आएको छ भने विश्वलाई भारतबारे पर्याप्त छलफल गर्ने अवसर पनि दिएको छ।
भारतले डिजिटल कूटनीतिलाई आफ्नो रुपान्तरणको प्रमुख हतियार बनाएको छ। भारतको विदेश मन्त्रालयले सामाजिक सञ्जाललाई आफ्नो कुटनीतिक रणनीतिकै प्रमुख अंगको रुपमा अंगीकार र प्रयोग गरिरहेको देखिन्छ। ‘डिजिटल इन्डिया’ क्याम्पेनमार्फत भारतीय विदेश मन्त्रालयले बृहत् भारतीय डायस्पोरामा आफ्नो सांस्कृतिक सम्पदालाई प्रवर्धन तथा विस्तार गर्दै आएको छ भने विश्वलाई भारतबारे पर्याप्त छलफल गर्ने अवसर पनि दिएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैं ट्विटरमा यति सक्रिय छन् कि उनका ट्वीटहरुका कारण विश्वभरका प्रयोगकर्ताहरु निकट रुपमा भारतसँग जोडिन, भारतलाई बुझ्न र विभिन्न सन्दर्भहरुमा भारतबारे व्यक्तिगत धारणा बनाउन सक्षम भएका छन्। यही प्लाटफर्मलाई भारतले कूटनीतिक रुपमा बढी प्रभावकारी देखिरहेको छ र प्रयोग पनि गरिरहेको छ। कसरी जुनकुनै देशले डिजिटल प्लाटफर्ममार्फत देशको सौम्य शक्तिलाई बढाउन सक्छ भन्नेमा भारतको यो प्रयोग राम्रो उदाहरण हो।
डिजिटल प्लाटफर्म बाहेक सांस्कृतिक कूटनीति पनि सम्बन्ध प्रगाढ बनाउने महत्त्वपूर्ण औजार हो। ब्राजिलकै उदाहरण हेरौं। ब्राजिलले आफ्नो देशको विविध सांस्कृतिक पक्षहरुलाई आफ्नो चलचित्र उद्योगमार्फत विश्वका दर्शकहरुमाझ ल्याइदियो, जसबाट विश्वसँग उसले संवेदनात्मक सम्बन्ध प्रगाढ रुपमा स्थापित भयो।
सांस्कृतिक सामाग्रीहरुको निर्यातबाट कसरी ब्राजिलले विश्व मानचित्रमा आफ्नो छविलाई स्थापित गर्न सक्यो भन्ने सन् २०२२ मा भएको अध्ययनले छर्लङ्ग बनाएको छ। यसरी निर्यात हुने चलचित्रहरुमार्फत दर्शकले केवल मनोरञ्जनमात्र पाएनन् बरु त्यसले ब्राजिलका मानिसको जीवनशैली, मूल्य मान्यता तथा त्यसले विश्वमा पार्ने प्रभावबारे पनि गहिरो जानकारी पाउन सके। यसले विश्वमै ती देशका मानिसहरुप्रति संवेदनात्ममक सम्बन्ध स्थापित हुन सक्यो।
खेलकुदले पनि देशहरुबीच यस्ता सम्बन्ध निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्छ। कोभिड-१९ महामारीको संकटग्रस्त समयका बाबजुद सन् २०२० मा टोकियो ओलम्पिक्स सम्पन्न भयो, जसले दर्शकको अभावका बाबजुद विश्वभरका मानिसलाई खेलकुदमार्फत एकताबद्ध बनाउन सक्यो।
कोभिड-१९ महामारीले विश्वमा सफ्ट पावरकै एक कडीका रुपमा स्वास्थ्य कूटनीतिको महत्त्वलाई पनि स्थापित गरेको छ।
डिजिटल प्लाटफर्मको माध्यमबाट यो ओलम्पिकलाई विश्वभरका लाखौं मानिसले हेरे जसबाट खेल हेर्ने सबैले एकै किसिमको उत्साह र अनुभव साट्न पाए। सन् २०२३ मा भएको सर्वेक्षणले के देखायो भने ओलम्पिक्सको समयमा जे जति डिजिटल प्लाटफर्महरुको प्रयोग भयो तिनै माध्यमबाट यस्ता सम्बन्धहरु अझ बढी मजबुत बन्न सक्यो। यसबाट के पनि स्थापित भयो भने कुनै पनि देशले आफ्नो कूटनीतिक औजारका रुपमा खेलकुदको भूमिकालाई नकार्न सक्दैन।
कोभिड-१९ महामारीले विश्वमा सफ्ट पावरकै एक कडीका रुपमा स्वास्थ्य कूटनीतिको महत्त्वलाई पनि स्थापित गरेको छ। कोभिड महामारीको संकटका बेला विभिन्न देशहरु तथा अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाहरुबीचको समन्वय, सम्बन्ध तथा विश्वासको वातावरणले विश्वमा सार्वजनिक स्वास्थ्य नीतिहरु तर्जुमामा सकारात्मक प्रभाव पार्न सक्यो।
सन् २०२१ मा भएको एक अध्ययनले कोभिड महामारीको समयमा स्थापित भएको यस्ता सम्बन्धहरुले महामारीसँग लड्नका लागि प्रभावकारी भूमिका मात्र खेलेन यसले अमेरिका र चीनजस्ता देशहरुको सफ्ट पावरलाई पनि उल्लेख्य रुपमा बढाएको देखिन्छ। ती दुवै देशहरुले कोभिड महामारीको समयमा विश्व स्वास्थ्य क्षेत्रमा बिभिन्न उल्लेखनिय पहलहरु गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए।
यसैगरी शैक्षिक तथा व्यावसायिक आदानप्रदानहरुले कुनै पनि देशको सफ्ट पावरलाई योगदान पुर्याउने गरी दिगो सम्बन्धहरुलाई कायम राख्न मद्दत पुग्छ। यस्ता कार्यक्रमहरुले विश्वभरका विद्यार्थी, अनुसन्धानकर्ता तथा व्यावसायिक व्यक्तिहरु संजालमार्फत एक अर्कासँग जोडिन सक्छन् जसले दीर्घकालीन सम्बन्धहरुलाई बढावा दिन्छ।
एकै किसिमका समूहहरुबीच आदानप्रदान कार्यक्रममार्फत स्थापना भएको सम्बन्धले भावी दिनमा अन्तर्राष्ट्रिय सम्बन्धलाई दिगो राख्नका लागि तथा सहकार्य तथा आपसी सहमतिको लागि आधारशिलाको काम गर्छ भन्ने सन् २०२२ मा भएको एक अध्ययनले देखाएको छ।
बौद्ध धर्मसँग सम्बन्धित विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थाहरुमा नेपाल सक्रिय रुपमा आबद्ध छ। यसबाट नेपालले सांस्कृतिक आदानप्रदान तथा आपसी समझदारी र भाइचारा प्रवर्धन गरिरहेको छ। यस्तो किसिमको अध्यात्मिक कूटनीतिले देशहरुबीचको सम्बन्धमा पुलको काम गर्छ ।
नेपालले आफ्नो सफ्ट पावरलाई अझ बढी अभिवृद्धि गर्नका लागि आफ्नो सांस्कृतिक धरोहरहरुबाट लाभ लिन सक्छ। भगवान गौतम बुद्धको जन्मस्थलका रुपमा नेपालले विश्वभरका बौद्धमार्गीहरुको लागि विशेष देशका रुपमा ठाउँ बनाएको छ। बुद्धको जन्मस्थानका रुपमा लुम्बिनीलाई युनेस्कोको विश्व सम्पदा सूचीमा राखेको छ।
लुम्बिनी विश्वकै एक प्रमुख धार्मिक गन्तव्यका रुपमा पनि परिचित छ। धार्मिक आस्थाका कारण आउने तीर्थयात्रीहरु, पर्यटकहरु तथा बौद्ध धर्मबारे अध्ययन अनुसन्धानमा रुचि राख्ने विज्ञहरुले पनि यो स्थानलाई प्रमुख गन्तव्यका रुपमा लिन्छन्। नेपालले देशभित्र बौद्ध धर्मसँग जोडिएका स्थान तथा सम्पदाहरुको प्रवर्धन गरी शान्ति तथा सद्भावको ध्वनि यसरी गुञ्जाउन सक्छ जसले विश्वमै गहिरो प्रभाव छोड्न सफल होस्।
नेपालको बौद्धर्मप्रतिको झुकाव तथा प्रतिबद्धताबाट विश्वका कुनै पनि देश अपरिचित छैनन्। बौद्ध धर्मसँग सम्बन्धित विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थाहरुमा नेपाल सक्रिय रुपमा आबद्ध छ। यसबाट नेपालले सांस्कृतिक आदानप्रदान तथा आपसी समझदारी र भाइचारा प्रवर्धन गरिरहेको छ। यस्तो किसिमको अध्यात्मिक कूटनीतिले देशहरुबीचको सम्बन्धमा पुलको काम गर्छ ।
यसबाट नेपालले विश्वस्तरमै आफ्नो उपस्थिति तथा प्रभावलाई अझ बढाउन सक्छ। नेपालले सधैं नै बुद्धकै वाणीअन्तर्गतका शान्ति तथा अहिंसालाई अनुशरण तथा विश्वभर प्रचार प्रसार गर्दै आएको छ। नेपालले तटस्थ देशका रुपमा विश्वमा बनाएको पहिचान तथा शान्ति र अहिंसाको मार्ग अंगीकार गरेको बौद्ध धर्मको प्रचारबाट विश्वसामु भाइचाराका लागि सबैसँग सहकार्य गर्ने तथा शान्तिका लागि पहल गर्ने देशका रुपमा आफ्नो छवि बलियो बनाएको छ।
अध्यात्मिक प्रभावकै रुपमा नेपालले गोर्खा सैनिकको विरासतलाई पनि सफ्ट पावरका रुपमा पहिचान गरेको छ। २०० वर्ष अघिदेखि गोर्खा सैनिकले बेलायती सेना, भारतीय सेना तथा विश्वका अन्य देशहरुका सैनिकहरुसँग काम गरिरहेको छ।
आफ्नो साहस, अनुशासन तथा वफादारिताका लागि प्रख्यात गोर्खा सैनिकहरु कुनै एक देशमा मात्र नभइ संसारभर सम्मानित छन्। उनीहरुको सेवाले विश्व सुरक्षामा योगदान मात्र गरेको छैन नेपालको कूटनीतिक सम्बन्धहरु विशेष गरी बेलायतसँगको सम्बन्धलाई अझ बढी मजबुत बनाउन मद्दत गरेको छ।
गोर्खा सैनिक केवल सैनिक जवानमात्र होइनन् उनीहरु त नेपाली मूल्यमान्यताबारे अन्तर्राष्ट्रिय स्तरमा चिनाउने दूतहरु हुन्। युद्ध मैदानमा उनीहरुको साहस तथा कर्तव्यबोधको कथाहरुले सैनिकहरुले सेवा गरेका देशहरुमा मात्र नभई विश्व मानचित्रमै नेपालीहरुलाई ससम्मान चिनाउने गर्विलो इतिहास बोकेको छ। त्यसैले गोर्खा सैनिकहरुले जुन देशका लागि लडे ती देशहरुसँग नेपालको पृथक सम्बन्ध र निकटता सिर्जना भएको छ।
नेपालको सफ्ट पावरलाई केवल विश्व मानचित्रमा नेपालको छवि बढाउने मात्र होइन नेपालको रणनीतिक रुचिका क्षेत्रहरुमा योगदान गर्दछ, जसले अन्तर्राष्ट्रिय सम्बन्धहरुमा बेलाबेला देखा पर्ने जटिलताहरुलाई समाधान गर्न मद्दत पुग्दै आएको छ।
बेलायती सेनामा गोर्खा सैनिकको उपस्थितिले बलियो द्विपक्षीय सम्बन्ध कायम भएको लामो समयदेखिको इतिहास छ। यही विशेष सम्बन्धका कारण बेलायतले गोर्खाहरुको योगदानलाई कदर गर्दै नेपालका लागि दातृ निकायहरुमार्फत विकासका साझेदार बनेर विविध क्षेत्रमा सहायता उपलब्ध गराउँदै आएको छ।
अध्यात्मिक तथा सैन्य कूटनीतिको यो संयोजनले नेपालको सफ्ट पावरको बहुआयामिक प्रकृतिलाई उजागर गर्छ। आफ्नो बौद्ध धर्मसम्बद्ध सम्पदा तथा गोर्खा सैनिकको बिरासतका कारण नेपालले अन्तर्राष्ट्रिय समुदायमा फरक र सम्मानित स्थान बनाइसकेको छ।
यी तत्वहरुले नेपालको सफ्ट पावरलाई केवल विश्व मानचित्रमा नेपालको छवि बढाउने मात्र होइन नेपालको रणनीतिक रुचिका क्षेत्रहरुमा योगदान गर्दछ, जसले अन्तर्राष्ट्रिय सम्बन्धहरुमा बेलाबेला देखा पर्ने जटिलताहरुलाई समाधान गर्न मद्दत पुग्दै आएको छ।
विश्व अझ बढी साँघुरो तथा अन्तरसम्बन्धित हुँदै गइरहेको समयमा कुनै पनि देशले अन्य देशहरुसँगको सम्बन्धलाई सद्भावका साथ कायम राख्नु नै प्रभावकारी कूटनीतिको कोसे ढुंगा हो। यसका लागि डिजिटल माध्यम, सांस्कृतिक आदानप्रदान, खेलकुद, स्वास्थ्यका विषयमा गरिने विश्वस्तरका पहलहरुले देशहरुबीचको सम्बन्धलाई अझ बढी प्रभावकारी साथै सुमधुर बनाउन मद्दत पुग्छ।
विश्व डिजिटल युगको अत्याधुनिक विस्तारतर्फ अग्रसर भइरहेको सन्दर्भमा यस्ता सम्बन्धहरुमा एकअर्कालाई महत्त्व दिन जानेमा मात्र अझ बढी प्रगाढ हुन्छ र यो नै विद्यमान विश्व प्रभाव तथा कूटनीतिक संरचनाको प्रमुख खम्बा हो।
(लेखक प्रभु बैंककी प्रमुख व्यापार अधिकृतका साथै त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागअन्तर्गत नेपालको सफ्ट पावरबारे अनुसन्धानरत पीएचडी फेलो हुन्।)