
आज सापारु। आजको दिन दिवंगत भएका आफन्तहरुको सम्झनामा नेवार समुदायले साया: (गाईजात्रा) निकाल्ने परम्परा रहेको छ।
काठमाडौंमा बालबालिकालाई प्रतीकात्मक रुपमा गाई वा अन्य केही रुप दिएर नगर घुमाउने चलन रहेको छ। भक्तपुरमा भने छुट्टै किसिमले गाई जात्रा मनाइन्छ।



भक्तपुरमा ताहामचा निकालेर सापारु मनाइन्छ। जात्रा समापनका क्रममा साँझ परालबाट बनेको ताहमाचा र त्यससँगै भैरव नाथसमेत निकालिने प्रचलन छ।

भक्तपुरमा आठ रात नौ दिनसम्म यो वर्ष मनाइन्छ। ‘घिनिताङ घिनिता घिन्ताङघिसी त्वाङ्ग’ भनेर गाईजात्रामा सांस्कृतिक गीत नाच्ने गरिन्छ। घिन्ताङघिसी नाच यो पर्वको आकर्षण हो।









