
काठमाडौं । आज जनैपूर्णिमा धुमधामका साथ मनाइँदैछ। यसै दिन महर्षि याज्ञवल्क्यले आदित्य ब्रह्मबाट वेद प्राप्त गरेको भनाइअनुसार वेदजयन्तीको रुपमा पनि यो दिनलाई चिनिन्छ।
वैदिक सनातन वर्णाश्रम धर्म मान्ने तागाधारीहरुले अघिल्लो दिनदेखि नै शरीर शुद्ध राखी एक छाक खाने, त्यस दिन बिहानै नित्यस्नान, प्रातःसन्ध्योपासना समेत गर्ने गर्छन्।



श्रावण शुक्ल पूर्णिमाको दिन मनाइने यो चाडमा नयाँ जनै फेर्ने गरिएको छ। काठमाडौंको गोकर्णेश्वर उत्तरबाहिनीमा रहेको कान्तिभैरव गुरुकुलमा बटुकहरूले पनि आज जनैपूर्णिमा मनाएका छन्।






गोकर्णेश्वरमा आज बिहानै देखि जनै फेर्न पुग्नेको भिड छ।





