
काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लिमिटेडको गुगल प्ले स्टोरमा १ करोड भन्दा बढी डाउनलोड पूरा भएको छ। १ करोड डाउनलोड पूरा गर्ने इसेवा नेपालको पहिलो डिजिटल वालेट एप हो। इसेवाले १ करोड डाउनलोडलाई ‘खुसिका १ करोड पलहरु’ भनेर मनाएको छ।
नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरि २०१० जनवरी २५ बाट इसेवा सुरु भएको थियो। यो अवधिमा नगदरहित (क्यासलेस) अर्थतन्त्र निर्माणको बाटोमा इसेवाले महत्वपूर्ण योगदान पुर्याएको छ।
करिब १६ वर्षको अन्तरालमा नेपालको ७७ वटै जिल्लामा पहुँच भएको यस कम्पनीसँग १ करोड भन्दा बढी दर्ता भएका ग्राहकहरू, छन्। यस्तै, २ लाख ५० हजार भन्दा बढी एजेन्टहरु, ४९ बैंकहरू, ४५ लघुवित्तहरु र ३ लाख ५० हजार बढी मर्चेन्टहरु आवद्ध छन्।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले १ करोड डाउनलोड पूरा भएको अवसरमा यो यात्रा यतिमा मात्र सीमित नहुने बताएका छन्।
‘भविष्यमा नयाँनयाँ प्रविधिहरू र नवीनताको साथ नयाँ प्रयोगकर्ताहरूको लागि पनि अनुकुल बनाउँदै अझै थप डाउनलोड बढ्ने कुरामा हामी विश्वस्त छौं,’ उनले भने।