काठमाडौं। डिप्रोक्स लघुवित्तले खुद नाफामा छलाङ मारेको छ। कम्पनीले गत आर्थिक वर्ष खुद नाफा ३३१.९१ प्रतिशतले बढाएको छ।
खराब कर्जा उल्लेख्यरुपमा घटाएर कम्पनीले खुद नाफामा छलाङ मारेको हो। कम्पनीको खराब कर्जा ६.१५ प्रतिशतबाट २.८९ प्रतिशतमा झरेको छ।
लघुवित्तले गत आर्थिक वर्ष ५८ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षकम्पनीको खुद नाफा १३ करोड ४६ लाख रुपैयाँमा सीमित थियो।
लघुवित्तको खुद ब्याज आम्दानी २४.०६, खुद फि तथा कमिसन आम्दानी २१.१८, खुद सञ्चालन आम्दानी २२.२८ र सञ्चालन मुनाफा २४१.६२ प्रतिशतले बढेको छ।
लघुवित्तको इम्पेरमेन्ट चार्ज ९ करोड ८७ लाख रुपैयाँ रिभर्स भएको छ। लघुवित्तको खराब कर्जा समीक्षा अवधिमा ६.१५ प्रतिशतबाट घटेर २.८९ प्रतिशतमा झरेको छ। जसका कारण सञ्चालन मुनाफा र खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।
लघुवित्तको प्रति सेयर आम्दानी २५.४१ रुपैयाँ बढेर ३४.०९ रुपैयाँ पुगेको छ। लघुवित्तको प्रति सेयर नेटवर्थ २१६.८० रुपैयाँ छ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा ४० करोड ९४ लाख रुपैयाँ वितरणयोग्य मुनाफा कमाएको यस लघुवित्तको वितरणयोग्य प्रति सेयर आम्दानी २४ रुपैयाँ रहेको छ।
१ अर्ब ७० करोड ६१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा १ अर्ब ९९ करोड रुपैयाँ छ। लघुवित्तले २१ अर्ब ५ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट २३ अर्ब ७२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।