सिँचाइसम्बन्धी परियोजनाका लागि एडीबीसँग साढे १४ अर्बभन्दा बढी ऋण लिइने, अनुदान कति?

बिजमाण्डू
२०८१ साउन २९ गते १७:४९ | Aug 13, 2024
सिँचाइसम्बन्धी परियोजनाका लागि एडीबीसँग साढे १४ अर्बभन्दा बढी ऋण लिइने, अनुदान कति?
मन्त्रिपरिषद्‍को मंगलबारको बैठक

काठमाडौं। सरकारले सिँचाइसम्बन्धी परियोजनाका लागि एसियाली विकास बैंक (एडीबी)सँग साढे १४ अर्ब रुपैयाँभन्दा बढी ऋण लिने भएको छ।

Tata
GBIME

सिँचाइसम्बन्धी परियोजनाका लागि सरकारले एडीबीसँग ११० मिलियन अमेरिकी डलर (१४ अर्ब ६३ करोड रुपैयाँ) सहुलियतपूर्ण ऋण र १५ मिलियन डलर (१ अर्ब ९९ करोड) रुपैयाँ अनुदान लिने भएको हो।

यसका लागि साउन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मंगलबार सार्वजनिक गरे अनुसार मन्त्रिपरिषद्ले नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीको महाप्रबन्धकमा इलामका प्रकाशप्रसाद पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्ले सङ्घीय भूउपयोग परिषद् सदस्यमा डा. रेवतीरमण पौडेल, डा. यमुना घले, डा. रेश्मा श्रेष्ठ र जगतबहादुर देउजालाई मनोनयन गरेको छ।