३० हजार मेट्रिक टन युरिया मल खरिद गर्न ४ वटा कम्पनीको पर्‍यो टेण्डर 



बिजमाण्डू
२०८१ साउन २९ गते १२:२१ | Aug 13, 2024
३० हजार मेट्रिक टन युरिया मल खरिद गर्न ४ वटा कम्पनीको पर्‍यो टेण्डर 

काठमाडौं । ३० हजार मेट्रिक टन मल खरिद लागि ४ वटा कम्पनीको टेण्डर परेको छ। कषि सामाग्री कम्पनीले  युरिया मल खरिदका लागि निकालेको टेण्डरमा ४ कम्पनीहरुको प्राविधिक प्रस्ताव स्वीकृत भएको हो। 

Tata
GBIME
Zonsen

स्वीकृति पाएका कम्पनीमा विल्सन इन्टरनेशनल डिएमसिसि दुबई,आदित्य बिर्ला ग्लोबल ट्रेडिङ सिंगापुर ,इन्डियन पोटास लिमिटेड नयाँ दिल्ली र सन इन्टरनेशनल एफजेटइ दुबई  छन्।

प्राविधिक प्रस्ताव स्वीकृत भएका कम्पनीको प्रस्ताव अगष्ट २८ मा आर्थिक प्रस्ताव खोलिनेछ। आर्थिक प्रस्तावमा सबै भन्दा कम मूल्य कबोल गर्ने कम्पनीले टेण्डर पाउनेछ।

कषि सामाग्री कम्पनीले जुन २४ मा मल खरिदका लागि टेण्डर आह्वान गरेको थियो। मल खरिदका लागि ६ वटा कम्पनीको आवेदन परेको थियो। जसमध्ये २ कम्पनीको काजपत्र नपुगेपछि प्राविधिक प्रस्ताव स्वीकृत भएन।