सुनचाँदी बजारः सुन तोलाको डेढ लाख पनि नाघ्यो, चाँदीमा २५ रुपैयाँको बढोत्तरी

बिजमाण्डू
२०८१ साउन २९ गते ११:०८ | Aug 13, 2024
सुनचाँदी बजारः सुन तोलाको डेढ लाख पनि नाघ्यो, चाँदीमा २५ रुपैयाँको बढोत्तरी


काठमाडौं। सुनको मूल्य हालसम्मकै उच्च भएको छ। मंगलबार प्रति तोला १ लाख ५० हजार ८ सय रुपैयाँ भएको हो। यो अघिल्लो दिनको तुलनामा तोलामा २ हजार १ सय रुपैयाँको बढोत्तरी हो।

Tata
GBIME
NLIC

यस अघि १ लाख ५० हजार रुपैयाँसम्म पुगेर घटेको थियो। साताको पहिलो दिनका तुलनामा एक सय रुपैयाँ घटेर सोमबार १ लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै बढेको चाँदी तोलामा २५ रुपैयाँ महँगिएको छ। मंगलबार प्रति तोला १ हजार ७ सय ४० रुपैयाँ पुगेको छ। सोमबार तोलाको १ हजार ७ सय १५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार बढ्दै जाँदा यसको असर स्थानीय बजारमा देखिएको हो। मंगलबार सुन प्रतिऔंस २४६१.११ डलर पुगेको छ। सोमबार २४३१.९१ डलर  थियो।

चाँदी प्रतिऔंस २७.७१ डलर छ। सोमबार २७.४८ डलरले कारोबार भएको थियो।