दशरथ रंगशालाले पुन: पायो अन्तर्राष्ट्रिय मान्यता, एएफसी च्यालेन्ज लिगको खेल हुने पक्का

बिजमाण्डू
२०८१ साउन २५ गते ०५:४५ | Aug 9, 2024
दशरथ रंगशालाले पुन: पायो अन्तर्राष्ट्रिय मान्यता, एएफसी च्यालेन्ज लिगको खेल हुने पक्का


काठमाडौं । दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता फिर्ता पाएको छ। सुरक्षा, फर्ड लाइटको स्तर, पिचको स्थिति लगायत कारण देखाउँदै एसियन फुटबल कन्फिडरेसन (एएफसी)ले अन्तर्राष्ट्रिय खेल गराउन योग्य नरहेको निष्कर्ष निकाल्दै मान्यता रद्द गरेको थियो।

Tata
GBIME
NLIC

जस कारण नेपालले विश्वकप र एसिया कप छनोटका घरेलु मैदानमा खेल्नु पर्ने खेलहरू पनि विदेशमा गएर खेल्नु परेको थियो।नेपालमा हुनुपर्ने खेल विदेशमा गएपछि राष्ट्रिय खेलकुद परिषद् र अखिल नेपाल फुटबल संघ (एन्फा)ले एकअर्कालाई दोषारोपण गरेका थिए। यसमा युवा तथा खेलकुद मन्त्रालयले हस्तक्षेप गर्नुपर्ने अवस्था आएको थियो।

अन्तर्राष्ट्रिय मान्यता गुमेपछि राष्ट्रिय खेलकुद परिषद्ले दशरथ रंगशालाको संरक्षण गर्न थालेको थियो। मापदण्ड पूरा गरेसँगै अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न एसियाली फुटबल महासंघले अनुमति दिएको राखेपले जनाएको छ।

राखेपले एन्फालाई एएफसीको आधिकारिक जवाफ माग गरेसँगै एन्फाको जवाफ अनुसार दशरथ रंगशालालाई एएफसीबाट योग्य रहेको रिर्पोट प्राप्त भएको छ।

यसैबीच एएफसीका प्रतिनिधिले यही साउन ९ गते दशरथ रंगशालाको निरीक्षण तथा अवलोकन गरी मापदण्ड पूरा भएको प्रतिवेदन दिएको अखिल नेपाल फुटबल संघले जानकारी दिएको छ।

दशरथ रंगशालाको खेल मैदान अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि योग्य भएको प्रतिवेदन दिए सँगै यही साउन २९ गते एएफसी च्यालेन्ज लिग छनौटको प्लेअफ अन्तर्गत भुटानको पारो एफसी र नेपालको चर्च ब्वाइज युनाइटेडबीच खेल हुने पक्का भएको छ।