विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले शुक्रबार पत्रकार सम्मेलन गर्ने

बिजमाण्डू
२०८१ साउन २४ गते १५:२२ | Aug 8, 2024
विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले शुक्रबार पत्रकार सम्मेलन गर्ने


काठमाडौं। नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले शुक्रबार पत्रकार सम्मेलनको तयारी गरेका छन्। घिसिङको शुक्रबार तीन वर्ष पूरा हुँदैछ।

Tata
GBIME
NLIC

उनले तीन वर्षको अवधिमा गरेका कामको प्रगति विवरण सुनाउने छन्। पछिल्लो समयमा विवादमा आएको डेडिकेटेड र ट्रंक लाइनको विवादका विषयमा पनि उनले आफ्नो धारणा राख्नेछन्। डेडिकेटेड र ट्रंक लाइनको विवाद अहिले सार्वजनिक लेखा समितिमा पुगेको छ।

लेखा समितिका सभापति ऋषिकेश पोखरेलले डेडिकेटेड र ट्रंक लाइन विवाद सुल्झाउन तीनवटा बैठक डाकिसकेका छन्। लेखा समितिको पछिल्लो बैठक भने विवादित बनेको छ। पोखरेलले उद्योगी र उद्योगीको कर्पोरेट वकिलले समितिभन्दा बाहिर तयार पारेको डकुमेन्ट सार्वजनिक भएपछि विवाद चर्किएको हो।

उनले बाहिरबाट ल्याएको डकुमेन्टमा डेडिकेटेड र ट्रंक लाइनको बिल समयमै नदिएर राज्यलाई नोक्सानी पुर्‍याएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र राजस्व अनुसन्धान विभागलाई छानबिनका लागि निर्देशन दिने उल्लेख थियो।