किया सेल्टस फेसलिफ्टको दुई मोडलका गाडी नेपालमा, मूल्य पुरानोकोभन्दा ४ लाख बढी



बिजमाण्डू
२०८१ साउन २४ गते १२:१४ | Aug 8, 2024
किया सेल्टस फेसलिफ्टको दुई मोडलका गाडी नेपालमा, मूल्य पुरानोकोभन्दा ४ लाख बढी

काठमाडौं। किया सेल्टसको फेसलिफ्ट गाडी नेपाल आएको छ। आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले सेल्टस फेसलिफ्टको दुई वटा मोडल नेपाली बजारमा ल्याएको हो।

Tata
GBIME
Zonsen

कम्पनीले सेल्टस एचटीएक्स आईएमटी डिजल र एचटीके आईएमटी डिजल भेरियन्ट गाडि ल्याएको हो। एचटीके भेरियन्ट पुरानोभन्दा ४ लाख महँगो भएर आएको छ।

एचटीके भेरियन्टको मूल्य ६३ लाख ९० हजार रुपैयाँ राखिएको छ। यसको मूल्य पहिले ५९ लाख ९० हजार रुपैयाँ थियो। यस्तै एचटीएक्स भेरियन्टको मूल्य भने यथावत ७३ लाख ९० हजार रुपैयाँ राखिएको छ।

सेल्टस फेसलिफ्टमा १८ इन्चको ह्वील, डुअल जोन क्लाइमेट कन्ट्रोल, एलईडी लाइट, भेन्टिलेटेड सिट, वायरलेस चार्जिङलगायत सुविधा छन्। गाडी हालको मोडल जस्तै १५०० सीसी क्षमताको हो जसमा १.५ लिटर ४ सिलिन्डर पेट्रोल र डिजेल इन्जिन विकल्पमा उपलब्ध छ। यो इन्जिनले पेट्रोलमा ११५ पीएस र डिजेलमा ११६ पीएस पावर उत्पादन गर्छ।

ट्रान्समिसनका लागि पेट्रोल इन्जिनमा ६ स्पिड एमटी र सीभीटी अटोमेटिक गियरबक्स उपलब्ध छ। डिजेल इन्जिनमा ६ स्पिड आईएमटी र ६ स्पिड एटी गियरबक्सको विकल्प मात्र उपलब्ध हुनेछ।

नयाँ फेसलिफ्ट गाडीले ग्लोबल एनक्याप टेस्टमा ३ स्टार मात्रै हासिल गरेको छ। यो भनेको सेफ्टीमा केही कमजोर छ भन्ने संकेत हो। टेस्टमा ५ स्टार आउने गाडीलाई सेफ्टीका दृष्टिले राम्रो मानिन्छ।