काठमाडौं । हिजो रातिदेखिको अविरल वर्षाका कारण काठमाडौंका विभिन्न स्थान डुबानमा परेका छन्।
सडक र बस्तीसँगै करिडोर क्षेत्र पनि जलमग्न भएका छन्। ललितपुरको च्यासल क्षेत्रमा पनि डुबान भएको छ।
नेकपा एमालेको पार्टी कार्यालय पनि डुबानमा परेको छ। करिडोर क्षेत्र नै डुबानमा पर्दा सवारी आवागमन अवरुद्ध बनेको छ।
नयाँ बानेश्वर मात्र होइन भद्रकाली, घट्टेकुलो, अनामनगर, पुतली सडक, तीनकुने, कोटेश्वर, पुल्चोक, बालाजु लगायतका सडकमा पानी भरेको छ। पर्याप्त निकास नहँदा सडकमा पानी जमेको हो। जसले गर्दा काठमाडौं उपत्यकाभित्रका सवारी आवगमन अस्तव्यस्त बनेको छ।