राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर गोपाल काफ्लेको निधन, पशुपति आर्यघाटमा अन्तिम संस्कार

बिजमाण्डू
२०८१ साउन २१ गते १३:५८ | Aug 5, 2024
राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर गोपाल काफ्लेको निधन, पशुपति आर्यघाटमा अन्तिम संस्कार

काठमाडौं। नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर गोपालप्रसाद काफ्लेको निधन भएको छ। लामो समयदेखि बिरामी रहेका उनको आज बिहान १० बजे राजधानीको ह्याम्स हस्पिटलमा निधन भएको हो।

Tata
GBIME

काफ्ले गभर्नरका लागिसमेत सिफारिस भएका थिए। ५ वर्ष डेपुटी गभर्नर भएपछि अर्थमन्त्री संयोजक रहने सिफारिस समितिले उनीसहित ३ जनालाई गभर्नरमा सिफारिस गरेको थियो।

उनी राष्ट्र बैंकका क्याडर थिए। लामो समय उनी राष्ट्र बैंकको प्रवक्तासमेत भएका थिए। 

काफ्लेको सोमबार नै पशुपति आर्यघाटमा दाहसंस्कार भइरहेको छ।