बैंक नाफा : पोहोर राम्रो गरेकाको यसपाली बिग्रियो, पोहोर बिगारेकाहरुले राम्रो सुधार गरे



बिजमाण्डू
२०८१ साउन २१ गते ०६:४७ | Aug 5, 2024
बैंक नाफा : पोहोर राम्रो गरेकाको यसपाली बिग्रियो, पोहोर बिगारेकाहरुले राम्रो सुधार गरे

काठमाडौं । बैंकहरुले गत वर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन्। नाफा उच्च दरले घट्छ भनिए पनि अधिकांशको अवस्था भने त्यस्तो देखिएको छैन।

Tata
GBIME
Zonsen

लगातारको दुई वर्षको मन्दीले खराब ऋण बढेको, नोक्शानी व्यवस्थापन खर्च वृद्धि भएको लगायतका कारण देखाउँदै बैंकहरुले उच्च दरले नाफा घट्ने बताइरहेका थिए।

यद्यपि, केही बैंकबाहेक बाँकी बैंकको नाफा बढेको छ। केही बैंकको नाफा त उच्च दरले सुधार भएको देखिन्छ।

नबिल बैंक एक्लैले सात अर्ब ६ करोड नाफा गरेको छ। पोहोर कमजोर ‘पर्फर्मेन्स’ देखाएको प्रभु बैंकले पनि यसपाली राम्रो ‘कमब्याक’ गरेको छ।

सरकारी नेपाल बैंक, विदेशी संयुक्त लगानीको स्ट्यान्डर्ड चार्टर्ड, एनएमबि, सानिमा, एनआइसी एसिया र सिटिजन्सको नाफा घटेको छ। पोहोर कमजोर ‘पर्फर्मेन्स’ दिएका बैंकहरुले यसपाली राम्रो गरेका छन्। खासगरी मर्जरबाट थलिएका बैंकहरुले यसपाली राम्रो सुधार गरेका हुन्।

बैंकआर्थिक वर्ष २०८०/८१
रु हजारमा
आर्थिक वर्ष २०७९/८०
रु हजारमा
नबिल७०६००३३६४०४९३६
एचबीएल२८३८०४९१५६२८१७
सानिमा२३८१९४१२६०५७९३
एनआइएमबी५१९८३२०३७२०८३३
एनएमबी२३३४५९९३२२२५४७
एनआइसी१३८१८६९४४४४७६९
लक्ष्मी३०३४५३९२२८५२३९
प्राइम३७७४३०२१०२७८९९
प्रभु४४८०८१०२८०२१९
एनबीएल१६५६८३१३४३७५७८
एससीबीएन३३०८९५४३४६५३३०
सिटिजन१३४२४६६१८६३७५६
ग्लोबल आइएमई६०१६२१६६६९४३५८
सिद्धार्थ३०१५५३५३१६६७७१
माछापुच्छ्रे१२५०१६७१६२५५२५
कुमारी२३०८२१२५१७९२१
आरबीबी३३९८२१२३५९५१२७
एभरेष्ट३७००६४८३३६२११५
नेपाल एसबीआइ२०१३७२११९६७५०८
एडीबीएल३६५५६६२१३२३४११