मुलकोट र हलेसीमा पनि विस्तार भयो पौवा रिसोर्ट, एक दशकमा १०० शाखा खोल्ने लक्ष्य



बिजमाण्डू
२०८१ साउन १० गते १३:०७ | Jul 25, 2024
मुलकोट र हलेसीमा पनि विस्तार भयो पौवा रिसोर्ट, एक दशकमा १०० शाखा खोल्ने लक्ष्य

काठमाडौं । होटल पौवा प्रा.लिले खोटाङको हलेसीमा पौवा रिसोर्ट र सिन्धुलीको सुनकोशी किनारमा अवस्थित मुलकोटमा पनि पौवा होटल संचालनमा ल्याएको छ।

Tata
GBIME
Zonsen

पौवा ग्रुपले १४ औं शाखा सिन्धुलीको मुलकोट स्थित सुनकोशी किनारमा ४५ रोपनी क्षेत्रफलमा संचालन गरेको हो। ५० करोडको लगानीमा पौवा बिच रिसोर्ट संचालन गरिएको हो।

यस्तै, १५ औं शाखा खोटाङको हलेसीमा ४५ रोपनी क्षेत्रफलमा ४० करोड भन्दा बढीको लगानीमा पौवा रिसोर्ट संचालनमा ल्याएको हो।

‘मिसन १००’ को योजना सहित अगाडि बढेको होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले ८ वर्षदेखि पर्यटक उद्योगलाई विस्तार गर्न होटलमा लगानी गरेको बताए।

काठमाडौंदेखि ९० किलोमिटरको दूरीमा रहेको सिन्धुलीको मुलकोट पर्यटकका लागि उत्तम गन्तव्य भएको उनको भनाइ छ। सहरको भीडभाडबाट सुनकोशी नदी किनारामा  शान्त वातावरण रहेकोले आन्तरिक र बाह्य पर्यटकको लागि लक्षित गरेर पौवा रिसोर्ट खोलेको उनले बताए।

साथै, खोटाङको हलेसी महादेव किराँत, बौद्ध र सनातन हिन्दुहरुको संगमस्थल भएकोले हुनाले आन्तरिक र बाह्य धर्मालम्बीहरुलाई लक्षित गरेको हलेसी तुवाचुङ नगरपालिकामा रिसोर्ट खोलेको जानकारी उनले दिए।

पौवाले रुपन्देहीकै भैरहवा र बुटवल, कपिलवस्तुको गोरुसिङ्गे, दाङको भालुवाङ, लमही र घोराही, कर्णाली प्रदेशको जुम्ला, पाल्पाको तानसेन, गुल्मीको रेसुङ्गा, सुदूरपश्चिमको धनगढी, पर्यटकीय राजधानी पोखरा, काठमाडौको गौशालामा पनि सेवा संचालन गर्दै आएको छ।

ग्रुपले नेपालगंजमा पाँच तारे होटल ‘पौवा वेस्ट्रन’को निर्माण गरिरहेको छ। एक दशकमा १०० शाखा विस्तार गर्ने ग्रुपको लक्ष्य छ।