आज मौद्रिक नीति सार्वजनिक नहुने, तयारी नपुगेको भन्दै रोकियो

बिजमाण्डू
२०८१ साउन ४ गते ०८:१९ | Jul 19, 2024
आज मौद्रिक नीति सार्वजनिक नहुने, तयारी नपुगेको भन्दै रोकियो

काठमाडौं । गर्भनर महाप्रसाद अधिकारीले आज मौद्रिक नीति सार्वजनिक नगर्ने भएका छन्। नेपाल राष्ट्र बैंकको व्यवस्थापन समितिबाट पारित गरेर अर्थमन्त्रीलाई समेत मौद्रिक नीतिबारे ब्रिफिङ गरेर आज सार्वजनिक गर्ने भनिएको थियो।

Tata
GBIME
NLIC

मौद्रिक नीति सार्वजनिक गर्न आज बिहान सञ्चालक समिति बैठक डाकिएको थियो। बैठक स्थगित नभए पनि मौद्रिक नीतिको एजेन्डा भने आज राखिएको छैन।

तयारी नपुगेको भन्दै आजलाई मौद्रिक नीति रोकिएक राष्ट्र बैंक स्रोतले जनाएको छ। जबकी आज मौद्रिक नीतिलाई नै भनेर बैंकको नयाँ भवनमा सबै तयारी गर्न गभर्नर अधिकारीले निर्देशन नै दिएका थिए। १० वर्षपछि आफ्नै भवनबाट मौद्रिक नीति सार्वजनिक गर्ने अधिकारीको तयारी थियो।

तर, सत्ता समीकरण फेरिएसँगै प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले हिजो उनको प्रमुख आर्थिक सल्लाहकारमा डा युवराज खतिवडालाई नियुक्त गरेका थिए। पूर्व अर्थमन्त्री र गर्भनरसमेत रहिसकेका खतिवडालाई मौद्रिक नीतिबारे ब्रिफिङ गर्नु परेकोले आज मौद्रिक नीति सार्वजनिक नहुने बताइएको छ।

उनलाई ब्रिफिङ गरेपछि अब अर्को सातामात्रै मौद्रिक नीति सार्वजनिक हुन सक्ने जनाइएको छ।