एनसेलको वायरफ्री प्लस सेवामा भारी छुट, अल्टिमा ग्याजेट निःशुल्क, अनलिमिटेड होम इन्टरनेट



बिजमाण्डू
२०८१ साउन २ गते १९:३७ | Jul 17, 2024
एनसेलको वायरफ्री प्लस सेवामा भारी छुट, अल्टिमा ग्याजेट निःशुल्क, अनलिमिटेड होम इन्टरनेट

काठमाडौं। एनसेलले हाल संचालनमा रहेको आफ्नो ‘सधैं अन’ योजनामा आधारित भई वायरफ्री प्लस सेवामा आकर्षक अफर ल्याएको छ। यो अफर अन्तर्गत ग्राहकले भारी छुटमा बन्डल सेवाका साथै अल्टिमाको एयरबड र स्मार्टवाच निःशुल्क पाउन सक्छन्।

Tata
GBIME
Zonsen

वायरफ्री प्लस नवीन प्रविधिमा आधारित वायरलेस इन्टरनेट हो। यसमार्फत ग्राहकले बिना झन्झट अनलिमिटेड इन्टरनेट र वाइफाइ कनेक्टिभिटीको फाइदा लिन सक्छन्। विशेषगरी घरेलु प्रयोजनका लागि उपयुक्त हुने यो सेवा ग्राहकले दराज, इसेवा, खल्ती र आइएमई पेको प्लेटफर्ममार्फत लिन सक्छन्।

यो अफर अन्तर्गत ग्राहकले वायरफ्री सेवाका लागि अर्धवार्षिक सदस्यता लिंदा ३५ प्रतिशत (२,०९५ रुपैयाँ) र वार्षिक सदस्यतामा ४२ प्रतिशत (४,९८९ रुपैयाँ) छुट पाउने एनसेलले जनाएको छ।

कम्पनीका अनुसार ६ महिनाका लागि सेवा लिंदा ग्राहकले ३,४९९ रुपैयाँ पर्ने अल्टिमाको एयरबड र एक वर्षको सेवा खरिदमा ५,९९९ रुपैयाँ पर्ने अल्टिमाको स्मार्टवाच निःशुल्क पाउनेछन्।

सेवाका लागि अर्धवार्षिक सदस्यता शुल्क करसहित ३,८९९ र वार्षिक सदस्यता शुल्क ६,९९९ रुपैयाँ छ। यी दुवै योजना खरिद गर्ने ग्राहकले एनसेलको फोरजी राउटर निःशुल्क शुल्क पाउँछन्।

यो योजनामा ग्राहकले २ वटा सिमकार्ड पाउँछन्। मुख्य एक सिममा प्रत्येक महिना २५० जीबी डेटा र डेटा भोल्युम सकिएमा ५१२ एमबीपीएस गतिमा अनलिमिटेड इन्टरनेट सेवा महिना भरी लिन सक्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार दोस्रो सिममा ग्राहकले प्रत्येक महिना १०० मिनेट टक टाइम र ५ जीबी पाउँछन्।