डेडिकेटेड र ट्रंक लाइनबाट विद्युत उपभोग गरेकाले २८ महिनामा महसुल बुझाउन सक्ने



बिजमाण्डू
२०८१ असार ३१ गते ०७:४० | Jul 15, 2024
डेडिकेटेड र ट्रंक लाइनबाट विद्युत उपभोग गरेकाले २८ महिनामा महसुल बुझाउन सक्ने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनबाट विद्युत खपत गरेका उपभोक्ताहरुलाई किस्तामा बक्यौता बुझाउने समय थप गरेको छ।

Tata
GBIME
Zonsen

असार २६ गते बसेको प्राधिकरणको संचालक समितिको बैठकले अधिकतम २८ महिनामा विद्युत महसुलको किस्ता भुक्तानी गर्न पाउने सुविधा उपलब्ध गराउने निर्णय गरेको हो। यसअघि उद्योगीहरुलाई महसुल भुक्तानीका लागि ६० दिनको मात्रै समय दिइएको थियो।

प्राधिकरणले केही दिनयता महसुल नतिर्ने उद्योगको धमाधम लाइन काट्न थालेको थियो। त्यसको विरोधमा डेडिकेटेड र टंक उद्योगीहरुले बिजुलीको लाइन आफैं काट्न थालेपछि प्राधिकरणले किस्तामा रकम भुक्तानी गर्ने सुविधा दिएको हो।

प्राधिकरण डेडिकेटेड र ट्रंक लाइनको विद्युत् महसुल नबुझाएको भन्दै केही दिनअघि सिमरामा रहेको जगदम्बा स्टिल, भैरहवास्थित जगदम्बा सिन्थेटिक र सिमरास्थित हुलास स्टिलको लाइन काटिदिएको थियो। यस्तै, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको लाइन काटिएको थियो। प्राधिकरणले यसअघि गत पुसमा पटक-पटक ताकेता गर्दा पनि बक्यौता नतिरेको भन्दै २४ वटा उद्योगको लाइन काटिदिएको थियो।

त्यतिखेर चर्को दबाबपछि प्राधिकरणले पुस अन्तिम साता सरकारको निर्देशनमा ती उद्योगमा लाइन जोडेको थियो। सरकारले गठन गरेको जाँचबुझ आयोगको प्रतिवेदन अनुसार भन्दै प्राधिकरणले उद्योगीहरूलाई १५ दिनको समय दिएर बक्यौताको बिल पठाएको थियो। आफूले दिएको समय गत मंगलबार सकिएपछि प्राधिकरणले फेरि धमाधम लाइन काट्न थालेको हो।