साउन १ गते आयल निगमका डिपोहरुबाट पेट्रोलियम पदार्थ बिक्री वितरण नहुने

बिजमाण्डू
२०८१ असार ३० गते १३:१६ | Jul 14, 2024
साउन १ गते आयल निगमका डिपोहरुबाट पेट्रोलियम पदार्थ बिक्री वितरण नहुने


काठमाडौं। आगामी साउन १ गते नेपाल आयाल निगमको डिपोहरुबाट पेट्रोलियम पदार्थको बिक्री वितरण नहुने भएको छ। निगमका अनुसार नयाँ आर्थिक वर्ष सुरु हुने भएकाले इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणालीमा डेटा अपडेट गर्न बिलिङ सिस्टम बन्द हुनेछ।

Tata
GBIME
NLIC

निगमका उपनिर्देशक मनोजकुमार ठाकुरका अनुसार साउन १ गते बिलिङ सिस्टम बन्द हुनेछ। ‘हामीले नयाँ आर्थिक वर्षका लागि ईआरपी प्रणालीमा डेटा अपडेट गर्नुपर्ने भएकाले बिलिङ सिस्टम उक्त दिन बन्द हुन्छ,’ उनले भने, ‘त्यो दिन बिलिङ सिस्टम बन्द भए पनि पेट्रोलियम पदार्थको वितरणमा भने कुनै समस्या हुने छैन।’

ठाकुरका अनुसार साउन २ गते कुनै किसिमको सार्वजनिक बिदा नभएका कारण उक्त दिनबाट व्यवसायीहरुले पेट्रोलियम पदार्थ उठाउन पाउनेछन्। ‘लगातार बिदा भए मात्रै वितरण प्रणालीमा समस्या आउन सक्थ्यो। तर, यो पटक त्यस्तो हुने अवस्था छैन,’ उनले भने।

व्यवसायीहरुले भोलि पेट्रोलियम पदार्थ सदाभन्दा धेरै उठाउन सक्नेछन्। त्यसले गर्दा साउन १ गतेलाई समस्या नहुने ठाकुर बताउँछन्।