टीआइएको बर्गर हाउस एण्ड मेलुङ थकालीमा अफर, ई-सेवामार्फत भुक्तानी गर्दा १५% छुट

बिजमाण्डू
२०८१ असार २६ गते १३:४५ | Jul 10, 2024
टीआइएको बर्गर हाउस एण्ड मेलुङ थकालीमा अफर, ई-सेवामार्फत भुक्तानी गर्दा १५% छुट

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा संचालित बर्गर हाउस एण्ड मेलुङ थकाली किचनले ग्राहकलक्षित छुटको अफर ल्याएको छ। खानपिन गर्दा ई-सेवामार्फत भुक्तानी गर्ने ग्राहकलाई १५ प्रतिशत छुटको व्यवस्था गरिएको रेस्टुरेन्टले जनाएको छ।

Tata
GBIME

२४ घण्टे सेवा दिँदै आएको रेस्टुरेन्टले ग्राहकलाई दिने सुविधा थप चुस्त बनाउने उद्देश्यले हरेक खानामा डिजिटल वालेटमार्फत भुक्तानी गर्नेलाई छुट दिन ई-सेवासँग सम्झौता भएको संचालक वसन्त लामाले बताए। डिजिटल वालेट प्रयोगकर्ताको बढेको संख्यालाई ध्यानमा राख्दै रेस्टुरेन्टले ग्राहक आकर्षित गर्न खोजेको हो।

बिल भुक्तानी गर्दा ई-सेवाको १०० रिवार्ड पोइन्ट पुग्ने ग्राहकले पनि १५ प्रतिशत छुट पाउन सक्ने उनले जानकारी दिए।

‘हामीले पहिलो चरणमा एयरपोर्टको बर्गर हाउस एण्ड मेलुङ थकाली किचनमा छुट दिएका छौं। विस्तारै अन्य शाखाहरूमा पनि यो योजना लागू गर्ने तयारी छ,’ उनले भने, ‘ई-सेवासँगको सम्झौताले ग्राहकलाई थप फाइदा पुग्ने छ।’

उक्त रेस्टुरेन्ट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमनस्थलमै छ। ग्राहकको मागअनुसार सवारीसाधनका लागि पर्याप्त पार्किङ व्यवस्था पनि रहेको उनले बताए।