सामसङ इलेक्ट्रोनिक्सका कर्मचारीलाई अनिश्चितकालीन हड्तालमा उत्रन युनियनको आह्वान

बिजमाण्डू
२०८१ असार २६ गते ०८:३८ | Jul 10, 2024
सामसङ इलेक्ट्रोनिक्सका कर्मचारीलाई अनिश्चितकालीन हड्तालमा उत्रन युनियनको आह्वान
Photo: Reuters

दक्षिण कोरियाली टेक जायन्ट सामसङ इलेक्ट्रोनिक्सको कर्मचारी युनियनले आफ्ना झन्डै ३० हजार सदस्यहरूलाई अनिश्चितकालीन हड्ताल गर्न आह्वान गरेको छ। उपयुक्त तलब र सुविधाका लागि अभियान चलाएको युनियनले उक्त घोषणा गरेको हो।

Tata
GBIME
NLIC

राष्ट्रिय सामसङ इलेक्ट्रोनिक्स युनियन (एनएसईयू) ले गरेको तीन दिने आम हड्तालको अन्तिम दिन उक्त आह्वान गरिएको हो। व्यवस्थापनले आफ्ना मागमा वार्ता गर्ने मनसाय नदेखाएपछि संघले यस्तो निर्णय गरेको जनाएको छ।

यसबारे सामसङले कुने प्रतिक्रिया दिएको छैन।

‘पहिलो हड्तालपछि पनि वार्तामा संलग्न हुने कम्पनीले कुनै मनसाय देखाएन, त्यसैले हामी जुलाई १० देखि सुरु हुनेगरी दोस्रो आम हड्तालको घोषणा गर्छौं, जुन अनिश्चितकालसम्म चल्नेछ,’ युनियनको वेबसाइटमा जारी विज्ञप्तिमा भनिएको छ।

दक्षिण कोरियामा सामसङ इलेक्ट्रोनिक्सका करिब एक चौथाइ कामदारहरूको प्रतिनिधित्व गर्ने एनएसईयूले हड्तालका कारण कम्पनीको उत्पादनमा बाधा पुगेको दाबी गरेको छ। तर, सामसङले भने यो दाबीलाई अस्वीकार गर्दै आएको छ।

‘हाम्रो विचारमा उत्पादनमा कुनै अवरोध हुनेछैन,’ फिबोनाची एसेट म्यानेजमेन्ट ग्लोबलका जुंग इन युनले बीबीसी न्यूजलाई भने।

साढे पाँच दशकअघि स्थापना भएको कम्पनीमा गत महिना युनियनले पहिलो पटक ‘वाकआउट’ गरेको थियो।

सामसङ इलेक्ट्रोनिक्स मेमोरी चिप्स, स्मार्टफोन र टेलिभिजनहरू निर्माण गर्ने विश्वकै सबैभन्दा ठूलो कम्पनी हो। यो दक्षिण कोरियाली समूह सामसङ समूहको प्रमुख इकाइ हो।

एनएसईयूको घोषणा पछि कम्पनीको सेयर कोरिया स्टक एक्सचेन्जमा केही तल झरेको छ।