
काठमाडौं । साउथ एसियन ट्राभल अवार्ड्सको आठौं संस्करण नेपालमा आयोजना हुने भएको छ। आज काठमाडौंमा सन् २०२४ का लागि प्रतिष्ठित कार्यक्रमहरूको सूची सार्वजनिक गर्दै आयोजनाबारे जानकारी दिइएको हो।
नेपाल पर्यटन बोर्ड र होटेल एसोसिएसन अफ नेपालको सहयोगमा लैनचौरस्थित द मल्ल होटलमा अवार्ड कार्यक्रम आयोजना हुनेछ।
त्यसपछि असोजमाअलोफ्ट काठमाण्डौंमा अर्को चरणको कार्यक्रम हुनेछ। यो कार्यक्रमले आतिथ्य उत्कृष्टताको शिखर प्रदर्शन गर्दै दक्षिण एसियाली होस्टिंगमा उत्कृष्ट उपलब्धिहरूलाई मान्यता दिने र पुरस्कृत गर्नेछ।
यसको अघिल्लो संस्करण माउन्ट ल्याभिनिया, अड्डु सिटी, मुम्बई, गाले सिटी, माले ‘एटोल, र बेंगलुरुमा आयोजित गरिएको थियो।
नेपालमा पहिलोपटक आयोजना हुँदै गरेको यो अवार्डलाई दक्षिण एसियालमा आतिथ्यताको उत्कृष्ट प्रवर्धन र उत्सव मनाउनको लागि प्रमुख प्लेटफर्मको रूपमा लिइन्छ।