
काठमाडौं। फुड रियालिटी शो ‘सेफ नेपाल’को बाँकी भाग आगामी बिहीबारदेखि प्रसारण हुने भएको छ। विभिन्न कारण रोकिएको बाँकी एपिसोडहरू आगामीदेखि प्रसारणमा हुने सेफ नेपालले जनाएको छ।
आउँदो शनिबार शेफ नेपालको पहिलो विजेता घोषणा पनि हुने सेफ नेपालका क्रिएटिभ डाइरेक्टर धर्मराज पाण्डेले जानकारी दिए। एपिसोडहरु कान्तिपुर टेलिभिजनमा प्रसारण हुनेछ।
कार्यक्रमको निर्णायकमा मास्टर सेफ सन्तोष शाह, सेफ गणेश ढकाल र भान्से लक्ष्मण भण्डारी रहेका छन्। १०० प्रतियोगी छनोट गरि सुरू भएको शोमा अब उत्कृष्ट आठ प्रतियोगीको प्रतिस्पर्धा हेर्न पाइनेछ।