ग्लोबल आइएमई बैंक र नास–आईटीबीच सम्झौता, सूचना प्रविधि क्षेत्रको विकासमा सहकार्य गर्ने

बिजमाण्डू
२०८१ असार २४ गते १०:५४ | Jul 8, 2024
ग्लोबल आइएमई बैंक र नास–आईटीबीच सम्झौता, सूचना प्रविधि क्षेत्रको विकासमा सहकार्य गर्ने
ग्लोबल आइएमई बैंक र नास–आईटीका प्रतिनिधि सम्झौता गर्दै

काठमाडौं। ग्लोबल आइएमई बैंक र नेपाल एसोसियसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस् (नास-आईटी) बीच दिगो साझेदारीसम्बन्धी सम्झौता भएको छ।

Tata
GBIME
NLIC

सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत दिलीप पोखरेल र नास-आईटीका कोषाध्यक्ष अभय पौडेलले हस्ताक्षर गरे। उनीहरूले नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र नास-आईटीका अध्यक्ष रिचन श्रेष्ठको उपस्थितिमा हस्ताक्षर गरेका हुन्।

ग्लोबल आइएमई नास-आईटीको नवस्थापित दिगो कोषलाई सहयोग गर्ने पहिलो दिगो साझेदार बनेको छ।

सम्झौताअन्तर्गत बैंकले नास-आईटीसँग सम्बन्धित संस्था र आवद्ध कर्मचारीका लागि सहज तथा सुलभ तवरले बैंकिङ सेवा प्रदान गर्ने छ।

साथै सीपमूलक कार्यक्रम आयोजना गरी दुवै संस्था तथा आवद्ध कर्मचारीहरूको ज्ञान, सीप, अनुभव विकास हुने कार्यक्रम अगाडि बढाइने बैंकले सोमबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पोखरेलले सरकारले आगामी आर्थिक वर्षलाई सूचना प्रविधि दशकको प्रस्थान वर्षका रुपमा मनाउने घोषणा गरेको सन्दर्भमा सम्झौता सूचना प्रविधिको विकास, विस्तार र व्यवसायीकरणमा कोसेढुङ्गा सावित हुने बताए।