बैंकिङ क्षेत्रमा देखे-भोगेका कथा, राजनसिंह भण्डारीको पुस्तक ‘आफैँलाई नियाल्दा’ विमोचन

बिजमाण्डू
२०८१ असार १६ गते १२:१९ | Jun 30, 2024
बैंकिङ क्षेत्रमा देखे-भोगेका कथा, राजनसिंह भण्डारीको पुस्तक ‘आफैँलाई नियाल्दा’ विमोचन


काठमाडौं । करिब चार दशक बैंकिङ क्षेत्रमा लगानी गरेका राजनसिंह भण्डारीको आत्मपरक पुस्तक ‘आफैँलाई नियाल्दा’ विमोचन भएको छ। शनिबार राजधानीमा आयोजित एक कार्यक्रमबीच किताबको विमोचन गरिएको हो।

Tata
GBIME
NLIC

राष्ट्र बैंकमा २६ वर्ष बिताएका लेखक भण्डारीले कार्यकारी निर्देशक पदबाट राजीनामा दिएर बिदा लिएका थिए। त्यसपछि प्राज्ञिक क्षेत्रमा सक्रिय बन्न खोजिरहेका बेला उनी सिटिजन्स बैंकको स्थापनासँग बैंकसँग जोडिएका थिए। उनले त्यसपछि प्रमुख कार्यकारी अधिकृत र सञ्चालक समितिको अध्यक्ष गरि १७ वर्ष सिटिजन्स बैंकमा काम गरेका थिए।

बैंकिङ क्षेत्रमा बिताएको यो अवधिमा देखे-भोगेका रोचक र महत्त्वपूर्ण घटनाक्रम उनले पुस्तकमा समेटेका छन्। यो कृति नेपालको बैंकिङ क्षेत्रको महत्त्वपूर्ण कालखण्डको साक्षी भन्दा फरक पर्दैन।

मौद्रिक/वित्तीय तथा बैंकिङ क्षेत्रमा कार्यरत क्यास काउन्टरका कर्मचारीदेखि सीईओ, व्यवस्थापनका विद्यार्थी, उद्यमशील युवा वा आमपाठक जो–कोहीले पनि आ-आफ्नो ढंगले किताबले उजागर गरेका विभिन्न सन्दर्भ वा प्रसंगसँग कहीँ न कतै आफूलाई पाउने विश्वास छ।

प्रकाशक मिनेट मिडियाका प्रकाश रिमालले यो किताब आमरूपमा लेखिने आत्मकथा वा जीवनपरक ‘निबन्ध’भन्दा फरक रहेको बताएका छन्। लेखकले किताबमा आफूलाई ‘हिरो’का रूपमा मात्र प्रस्तुत नगरेको भन्दै उनले भण्डारीका कमजोरीको पनि किताबमा खुलेर चर्चा गरिएको बताए।

१३ परिच्छेद र ३१२ पृष्ठको यस पुस्तकको मूल्य एक हजार रुपैयाँ राखिएको छ। पुस्तक बिक्रीबाट प्राप्त निश्चित आम्दानी शिवचन्द्र स्मृति प्रतिष्ठानमार्फत विपन्न परिवारका मेधावी छात्रछात्राको शिक्षामा खर्च गरिनेछ।