कमेडी च्यापियन सिजन ३ का विजेता सुनिल खड्काले जिते ३८ लाखको नेटा भी

बिजमाण्डू
२०८१ असार १६ गते १०:५३ | Jun 30, 2024
कमेडी च्यापियन सिजन ३ का विजेता सुनिल खड्काले जिते ३८ लाखको नेटा भी

काठमाडौं । कमेडी च्याम्पियन सिजन ३ को विजेता सुनिल खड्काले नेटा भी गाडी उपहार पाएका छन्।

Tata
GBIME

शनिबार भएको ग्राण्ड फिनालेमा खड्का विजयी भएको घोषणा गरिएको थियो। त्यसपछि नेटा गाडीको आधिकारिक बिक्रेता सिजी मोटर्सले खड्काले कार उपहार प्रदान गरेको थियो।

सिजन ३ को टप ३ मा खड्कासहित कमेडियन सुयशा खनाल र ऋषभ काफ्ले थिए।

कम्पनीले आगामी दिनमा रियालिटी सोमा सहभागी भइरहने प्रतिबद्धता व्यक्त गरेको छ। यो गाडीको मूल्य नेपाली बजारमा ३७ लाख ९९ हजार रुपैयाँ रहेको छ।

नेटा भीमा प्रयोग भएको ४०.७ किलोवाट आवर लिथियम आयन ब्याट्रीले एक पटकको फुल चार्जमा ३८० किलोमिटरभन्दा बढी रेन्ज दिन्छ। त्यस्तै यो ब्याट्र शून्यबाट ८० प्रतिशत चार्ज हुन जम्मा २० मिनेट मात्र लाग्छ।