‘अध्यक्ष नियुक्त नगरेर धितोपत्र बोर्डलाई सरकारले नै ढिलोपत्र बोर्ड भएको प्रमाणित गरिदियो’

बिजमाण्डू
२०८१ असार ६ गते १२:२८ | Jun 20, 2024
‘अध्यक्ष नियुक्त नगरेर धितोपत्र बोर्डलाई सरकारले नै ढिलोपत्र बोर्ड भएको प्रमाणित गरिदियो’
हरि ढकाल


काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)मा तत्काल अध्यक्ष नियुक्त गर्न सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।

Tata
GBIME
NLIC

प्रतिनिधि सभाको बिहीबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले पुँजीबजारको नियामक निकायमा लामो समयदेखि अध्यक्ष नहुँदा असर परेको बताए।

उनले अध्यक्ष नियुक्तिमा ढिलाइ गरेर सरकारले नै धितोपत्र बोर्डलाई ढिलोपत्र बोर्ड हो भन्‍ने प्रमाणित गरेको बताए। बोर्डमा गत पुस २१ देखि अध्यक्ष पद रिक्त छ।

‘धितोपत्र बोर्डलाई सरकारले नै ढिलोपत्र बोर्ड भएको प्रमाणित गरिदियो। चैत २५ गते ५ जनाको नाम सर्टलिस्ट भएकामा खिचडी भाग लगाउन कतिबेर लगाएको?,’ उनले भने, ‘बोर्डमा तत्काल अध्यक्ष नियुक्त गर्न सरकारको ध्यानाकर्षण गराउँछु।’