सुनको मूल्य मंगलबार स्थिर, चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढ्यो

बिजमाण्डू
२०८१ असार ४ गते ११:१९ | Jun 18, 2024
सुनको मूल्य मंगलबार स्थिर, चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढ्यो

काठमाडौं। मंगलबार सुनको मूल्य प्रति तोला १ लाख ४२ हजार २०० रुपैयाँमा स्थिर छ। तोलामा ६०० रुपैयाँ घटेर सोमबार उक्त मूल्य कायम भएको हो।

Tata
GBIME
NLIC

गत शुक्रबारका तुलनामा १ हजार ६०० रुपैयाँले बढेर आइतबार प्रति तोला १ लाख ४२ हजार ८०० रुपैयाँ पुगेको थियो।

चाँदीको मूल्य मंगलबार तोलामा १५ रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको कारोबार मूल्य प्रति तोला १ हजार ८ सय १५ रुपैयाँ निर्धारण भएको छ। सोमबार २० रुपैयाँले घटेर तोलाको १ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुनको मूल्य घटेर प्रतिऔंस २३१९.९५ डलर भएको छ। सोमबार २३२२.१९ डलरले कारोबार भएको थियो।

चाँदीको मूल्य थोरै बढेको छ। सोमबार प्रतिऔंस २९.१९ डलर रहेको चाँदी मंगलबार २९.३९ डलरमा कारोबार भइरहेको छ।