५ लाख ८५ हजार रुपैयाँको न्यूनतम डाउन पेमेन्टमा आयोन-वाई खरिद गर्न सकिने

बिजमाण्डू
२०८१ असार ३ गते १३:२६ | Jun 17, 2024
५ लाख ८५ हजार रुपैयाँको न्यूनतम डाउन पेमेन्टमा आयोन-वाई खरिद गर्न सकिने

काठमाडौं। जीएसी मोटर्सको अधिकृत बिक्रेता सीजी मोटर्सले आयोन-वाईको खरिदमा अविश्वसनीय अफरको घोषणा गरेको छ। अफरअन्तर्गत ग्राहकहरूले सुपथ मूल्य र सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ।

Tata
GBIME

हालै नेपालमा बिक्री सुरु भएको आयोन-वाई अब ५.८५ लाख रुपैयाँको न्यूनतम डाउन पेमेन्टमा उपलब्ध गराइएको कम्पनीले बताएको छ। यसबाट आयोन-वाई सबैको पहुँचमा पुगेको कम्पनीको दाबी छ।

कम्पनीका अनुसार यस बाहेक ग्राहकहरूले आफ्नो पुरानो सवारी साधनमा २ लाख रुपैयाँसम्म टप-अपबाट प्राप्त गर्दै निश्चित एक्सचेन्ज फाइदा लिन सक्नेछन्। साथै, आयोन-वाईको खरिदमा थप २ लाख रुपैयाँसम्मको नगद छुटको पनि सुविधा रहेको छ।

अफरमा १ वर्षको बीमा र पहिलो १ वर्षको सडक करको भुक्तानी जस्ता निःशुल्क सुविधाहरू पनि समावेश छन्। जसले ग्राहकहरूलाई यस आधुनिक एसयूभीले दिने सहजता र सुलभतालाई थप बढावा दिने कम्पनीले विश्वास लिएको छ।

आयोन-वाई दुई चार्जरहरू घरायसी प्रायोजनका लागि ७ किलोवाट र २ किलोवाट ट्राभल चार्जरसहित उपलब्न्ध छ।

यो बजेटअघिको मूल्यमा सीमित समयका लागि उपलब्ध रहेको कम्पनीले जनाएको छ।