
अमेरिकी टेक जायन्ट माइक्रोसफ्टले स्पेनमा नयाँ डेटा सेन्टर स्थापना गर्ने भएको छ। त्यसका लागि ६.६९ बिलियन युरो (करिब ९ खर्ब ५६ अर्ब रुपैयाँ) लगानी गर्ने माइक्रोसफ्टको योजना छ।
युरोपको क्लाउड क्म्पयुटिङ हब बनिरहेको इटालीको अरागनमा डेटा सेन्टर बनाउन लागिएको हो।
अरागनको स्थानीय सरकारले माइक्रोसफ्टले डेटा सेन्टर निर्माणका लागि अनुमति मागेको पुष्टि गरेको छ।
यसअघि माइक्रोसफ्टले स्पेनको मड्रिड २.१ बिलियन युरो लगानीमा डेटा सेन्टर खोल्ने घोषणा गरेको थियो।
माइक्रोसफ्टले अरागनको डेटा सेन्टरबारे भने केही खुलाएको छैन। अरागनमामा माइक्रोसफ्टको प्रमुख प्रतिष्पर्धी अमेजनको पनि क्लाउड क्मप्युटिङ युनिट छ। अमेजनले आउने १० वर्षमा अरागनको डेटा सेन्टरमा १५.७ बिलियन युरो लगानी गर्ने घोषणा गरिसकेको छ।