
काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। शनिबार रातिदेखि लागू हुनेगरी निगमले पेट्रोल डिजेल र मट्टितेलको भाउ घटाएको छ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँले भाउ घटाइएको हो।
समायोजित मूल्य अनुसार पेट्रोल पहिलो वर्गमा अब १६२ रुपैयाँ ५० पैसामा कारोबार हुनेछ। यस्तै दोस्रो र तेस्रोमा वर्गमा क्रमशः १६४ र १६५ रुपैयाँ कारोबार हुनेछ।
यस्तै डिजेल र मट्टितेल पहिलो वर्गमा १४९ रुपैयाँ ५० पैसामा कारोबार हुनेछ। यस्तै दोस्रो र तेस्रो वर्गमा क्रमशः १५१ र १५२ रुपैयाँमा कारोबार हुनेछ।