राष्ट्रियस्तरका विकास बैंकले घटाए मुद्दती निक्षेपको ब्याजदर, कुनको कति ?

बिजमाण्डू
२०८१ जेठ ३२ गते ११:४७ | Jun 14, 2024
राष्ट्रियस्तरका विकास बैंकले घटाए मुद्दती निक्षेपको ब्याजदर, कुनको कति ?


काठमाडौं। राष्ट्रियस्तरका विकास बैंकहरुले असार १ गतेदेखि लागू हुने गरी मुद्दती निक्षेपको ब्याजदर औसत ०.३० प्रतिशत विन्दुले घटाएका छन्। जेठमा ७.७३ प्रतिशत रहेको मुद्दती निक्षेपको औसत ब्याजदर ७.२३ प्रतिशतमा झारिएको छ।

Tata
GBIME
NLIC

राष्ट्रियस्तरका सांग्रिला, कामना सेवा, मुक्तिनाथ विकास, गरिमा विकास, लुम्बिनी विकास, महालक्ष्मी विकास, शाइन रेशुङ्गा डेभलपमेन्ट र ज्योति विकास बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन्।

पछिल्लो केही महिनायता राष्ट्रियस्तरका विकास बैंकले मुद्दतीको ब्याजदर घटाउँदै आइरहेका छन्। चालु आर्थिक वर्ष असोजमा विकास बैंकहरुको मुद्दती निक्षेपको औसत ब्याजदर ९.३६ प्रतिशत थियो। त्यसयता बैंकहरुले निक्षेपको ब्याजदर निरन्तर घटाउँदै आएका छन्।

राष्ट्रियस्तरका विकास बैंकको मुद्दती निक्षेपको ब्याजदर

क्र.सबैंकनिक्षेपको ब्याजदर (२०८१ असार)निक्षेपको ब्याजदर (२०८१ जेठ)निक्षेपको ब्याजदर (२०८१ वैशाख)
ज्योति विकास७.२७.५७.७५
कामना सेवा७.७७.७५७.७५
शाइन रेसुंगा७.५७.७५
महालक्ष्मी७.२७.५७.७५
लुम्बिनी७.२७.२५७.७५
गरिमा७.२७.५७.७५
मुक्तिनाथ७.२७.५७.७५
सांग्रिला७.२७.७५७.७५
औसत ७.२३७.५३७.७५