भारतमा इलेक्ट्रिक स्कुटर एथर ‘रिज्ता’ को उत्पादन सुरु, नेपालमा कहिले आउँछ ?

बिजमाण्डू
२०८१ जेठ २९ गते १५:१३ | Jun 11, 2024
भारतमा इलेक्ट्रिक स्कुटर एथर ‘रिज्ता’ को उत्पादन सुरु, नेपालमा कहिले आउँछ ?

काठमाडौं । भारतीय दुई पाङ्ग्रे इभी ब्रान्ड एथरले फेमिली इलेक्ट्रिक स्कुटर ‘रिज्ता’ को उत्पादन सुरु भएको छ। कम्पनीका सह-संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत तरुण मेहताले यसको औपचारिक घोषणा गरेका छन्।

Tata
GBIME
NLIC

उक्त स्कुटर गत अप्रिल ६ मा बेङ्गलोरमा भएको एथर कम्युनिटी डे २०२४ का दिन ‘लन्च’ गरिएको थियो। अब भने रिज्ताको उत्पादन तमिलनाडुको होसुर प्लान्टमा सुरु भएको हो। यो स्कुटरको सुरुवाती मूल्य भारतमा १ लाख १० हजार भारतीय रुपैयाँ देखि छ। तीन भेरियन्टमा उपलब्ध हुने यो स्कुटर ७ वटा रंगमा उपलब्ध हुनेछ।

एथर रिज्तामा धेरै ब्याट्री-प्याक विकल्पहरू छन् र प्रत्येकको फरक रेन्ज छ। रिज्ताको सबैभन्दा किफायती संस्करण २.९ किलोवाट आवर ब्याट्री प्याकको साथ आउँछ, जसले सिंगल चार्जमा १०५ किलोमिटरको रेन्ज दिन्छ। यस्तै ठुलो ३.७ किलोवाट आवर क्षमताको ब्याट्री प्याक छ जसले लगभग १२५ किलोमिटरको रेन्ज प्रदान गर्दछ।

एथर रिज्ताले ३.७ सेकेन्डमा ०-४० किलोमिटर प्रतिघण्टाको गति लिन सक्ने दाबी कम्पनीको छ। यसको टप स्पीड ८० किलोमिटर प्रतिघण्टा छ।

रिज्ताको फिचरहरुमा टीएफटी टच-इनेबल्ड डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, टर्न-वाइ-टर्न नेभिगेसन, स्मार्टफोन कनेक्टिभिटी, मोनो-एलईडी हेडल्याम्प, एलईडी टेललाइट र १२ इन्च एलोय ह्वीलहरू समावेश छन्।

एथर ५४०एस, ४५०एक्स र ४५० एपेक्स जस्ता स्कुटरहरूले बढ्दो प्रतिद्वन्द्वीबीच राम्रो प्रदर्शन गरिरहेको छ। एथर रिज्ताको बजारमा आएसँगै प्रतिस्पर्धामा कम्पनी थप बलियो बन्ने कम्पनीको विश्वास छ।

नेपालमा भने यो स्कुटर जुलाई महिनाको मध्य तिरमात्रै आउने स्कुटरको बिक्रेता कम्पनी वैद्य इनर्जीले जनाएको छ।