मलावीका उपराष्ट्रपतिसहित ९ जना सवार डिफेन्स फोर्सको विमान बेपत्ता, खोजीकार्य जारी

बिजमाण्डू
२०८१ जेठ २९ गते ०८:४७ | Jun 11, 2024
मलावीका उपराष्ट्रपतिसहित ९ जना सवार डिफेन्स फोर्सको विमान बेपत्ता, खोजीकार्य जारी
मलावीका उपराष्ट्रपति सउलस चिलिमा । Photo : The Standard Kenya

अफ्रिकी राष्ट्र मलावीका उपराष्ट्रपति सउलस चिलिमा सवार विमान बेपत्ता भएको छ। उनीसँगै ९ जना सवार रहेको विमानसँग सम्पर्क हुन सकेको छैन।

Tata
GBIME

सोमबार स्थानीय समय अनुसार बिहान ९: १७ मा विमान उडेको थियो।

राजधानी लिलङवीबाट उडेको मलावी डिफेन्स फोर्सको विमान ‘रडारभन्दा बाहिर’ गएको त्यहाँको राष्ट्रपति कार्यालयले जनाएको छ।

यस घटनाबारे अनुसन्धान पनि सुरु गरिएको छ। विमानको खोजीकार्यमा सेना परिचालन गरिएको छ। विमान नभेटिएसम्म खोजीकार्य नरोक्न राष्ट्रपति कार्यालयले निर्देशन दिएको छ।

विमान बेपत्ता हुनुको कारण खुल्न सकेको छैन।