अर्थतन्त्रका बाह्य सूचक थप मजबुत, शोधनान्तर स्थिति ३ खर्ब ९२ अर्ब रुपैयाँ बचतमा

बिजमाण्डू
२०८१ जेठ २८ गते १७:१० | Jun 10, 2024
अर्थतन्त्रका बाह्य सूचक थप मजबुत, शोधनान्तर स्थिति ३ खर्ब ९२ अर्ब रुपैयाँ बचतमा


काठमाडौं। आन्तरिक अर्थतन्त्र कमजोर देखिएपनि अर्थतन्त्रका बाह्य सूचक निरन्तर बलियो बन्दै गएको देखिएको छ।

Tata
GBIME

राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मको विवरण अनुसार चालु खाता १ खर्ब ९३ अर्ब रुपैयाँ बचतमा छ।

पाहोर १० महिनामा चालु खाता ६३ अर्ब ७४ करोड रुपैयाँ घाटामा थियो।

यस्तै, शोधनान्तर स्थिति पनि थप मजबुत देखिएको छ। पोहोर वैशाखमा शोधनान्तर स्थिति २ खर्ब ९ अर्ब बचतमा रहेकामा अहिले बढेर ३ खर्ब ९२ अर्ब रुपैयाँ पुगेको छ।

चालु आवको असार मसान्तको तुलनामा वैशाखसम्म विदेशी विनिमय सञ्चिति २६.२ प्रतिशतले बढेर १९ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ। यो रकम १५.१ महिनाको वस्तु र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ।